मल्ट्री ईलेक्ट्रोनिक्स एण्ड टुल्स सप्लायर्सले दियो रेशका दुई विद्यालयमा शैक्षिक सामग्री

रोहन जि.सी, बागलुङ
मल्ट्री ईलेक्ट्रोनिक्स एण्ड टुल्स सप्लायर्स बागलुङको सहयोगमा रेशका दुई विद्यालय लाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

कालिका प्राबि र ओदानडाँडा प्राबि रेसका ५० जना बिद्यार्थी लाई झोला सहित शैक्षिक सामग्री वितरण गरिएको हो । मल्ट्री ईलेक्ट्रोनिक्स एण्ड टुल्स सप्लायर्सका प्रोप्राईटर सरोज कुमार श्रेष्ठ र उहाँकी पत्नी रमा श्रेष्ठले बिद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्धेश्यले शैक्षिक सामग्री सहयोग गरिएको सहयोगदाता सरोज कुमार श्रेष्ठले बताउनुभयो ।

सो शैक्षिक सामग्री वितरण कार्यक्रममा काठेखोला गाँउपालिका – ७ का वडा अध्यक्ष प्रेम लामिछाने, शिक्षक प्रजापति गौतम लगायतले सहयोगी भावनाले आफ्नो विद्यालय लाई छनोट गरी सहयोग गरेकोमा सहयोगदाता श्रेष्ठ परिवार लाई धन्यबाद व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *