मध्यपहाडी लोकमार्ग र कालगण्डकी करिडोर अवरुद्ध

आदर्श अनलाइन, बागलुङ

गय राति परेको अविरल वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से र कालीगण्डकी करिडोरको मालढुङ्गा–वलेवा खण्डको दब्ल्याङमा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण दब्यालङमा पहिरो जादा कालीगण्डकी करिडोर संगै बलेवा, भकुण्डे र कुस्मिशेरा जाने शाखा सडकहरु समेत समेत अवरुद्ध भएको छ । उक्त पहिरोले गत वर्ष तीन महिना सडक अवरुद्ध बनाएको थियो ।

विहानैदेखि दुवै ठूला राजमार्गको पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

लोकमार्ग सडकको बोक्सेमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वत र बागलुङ नगरपालिकाको साझेदारीमा सडक खुलाउन थालिएको र कालीगण्डकी करिडोर भने सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहयोगमा खुलाउन थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *