बागलुङका अधिकांश खानेपानीको मुहानमा ‘कोलिफर्म’ को मात्रा उच्च

डम्मर बुढा मगर, बागलुङ
बागलुङका अधिकांश खानेपानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहान र ट्याङ्कीको पानीमा ‘कोलीफर्म’ पाइएको स्वास्थ्य कार्यालय बागलुङका ल्याव टक्निसियन अधिकृत डिल्लीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

१० पालिकाको १११ मुहानमा गरिएको परीक्षणमा ४९ मुहानमा कोलिफर्म भेटिएको आचार्यको भनाई छ । उहाँका अनुसार बागलुङ नगरपालिकामा १७ मुहानमा परीक्षण गरिएकोमा १०, जैमिनी नगरपालिकामा १० मुहानमा गरिएको परीक्षणमा ७, गलकोट नगरपालिकामा १२ मुहानमा गरिएको परीक्षणमा ३, ढोरपाट नगरपालिकामा ७ स्थानमा परीक्षण गरिएकोमा २ मुहानमा कोलिफर्मको उच्च मात्रा भेटिएको छ ।

काठेखाला गाउँपालिकामा ९ मुहानमा गरिएको परीक्षण्मा ५, ताराखोला गाउँपालिकामा १६ मुहानमा गरिएको परीक्षणमा ७, बडिगाड गाउँपालिकामा ९ मुहानमा गरिएको परीक्षणमा ३, निसीखोला गाउँपालिकामा ८ मुहानमा गरिएको परीक्षणमा ४ र बरेङ गाउँपालिकामा १२ मुहानमा गरिएको परीक्षणमा ४ मुहानमा कोलिफर्म भेटिएको छ । जिल्लाभर ४४ प्रतिशत मुहानमा कोलिफर्म भेटिएको पाइन्छ ।

परीक्षण गरिएको तथ्याङ्कलाई आधार मानेर हेर्दा जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको आचार्य बताउनुहुन्छ । ‘हामीले १० वटै पालिकाको मुख्य–मुख्य मुहानमा पुगेर पानी परीक्षण ग¥यौँ, धेरै जस्तो ठाउँमा कोलिफर्मको उच्च मात्रा पाइयो,’ आचार्यले भन्नुभयो ‘यो अवस्थालाई हेर्दा जिल्लामा धेरै नागरिकले दूषित पानी पाइरहेको बुझिन्छ ।’

कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकी लगायत रोग लाग्ने खतरा हुने भन्दै आचार्यले यसले मानवीय स्वास्थ्यमा प्रत्यक्षे असर पु¥याउने बताउनुभयो । उहाँका अनुसार हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलिफर्म’ बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ ।

आचार्यले दश वटै पालिकामा हिउँदको समयमा मुहानको पानी परीक्षण गरेको भन्दै वर्षातको समयमा अझ बढी स्थानमा देखिन सक्ने बताउनुहुन्छ । ‘हामीले जिल्लाको सबै पालिकामा हिउँदको समयमा मुहानको पानीको परीक्षण गरेका थियौँ, वर्षातको समयमा अझ बढी देखिन्छ,’ उहाँले भन्नुभयो ‘बर्खाको समयमा पानी बगिरहने भएको हुँदा एक ठाउँमा भएको कोलिफर्म अर्को ठाउँमा पुग्छ र त्यस ठाउँको पानीमा पनि बस्ने गर्छ ।’

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख पानीमा देखिएको कोलिफर्मका कारण झाडापखला, हैजा लगायतका बिरामी बढ्न सक्ने भन्दै पानीलाई शुद्धिकरण गरेर मात्रै प्रयोग गर्नु पर्ने बताउनुहुन्छ । उहाँले कोलिफर्मका कारण लाग्ने रोगबाट बच्नका लागि खानेपानी वितरकहरुले पनि शुद्धिकरण गरेर मात्रै वितरण गर्नु पर्ने बताउनुहुन्छ ।

‘हामीले जिल्लाको सबै पालिकामा पुगेर मुहानको परीक्षण ग¥यौँ, यो सिम्बोलिक मात्रै हो, सिम्बोलिक रुपमा परीक्षण गर्दा यति धेरै मुहानमा कोलिफर्म भेटियो, धेरैमा गरेको भए अझै बढी नै भेटिने थियो, धेरै ठाउँमा कोलिफर्मको मात्रा उच्च छ, यसको ट्रिटमेन्ट नगरेसम्म उपभोग गरौँ’ उहाँले भन्नुभयो ‘मुहानको सरसफाइमा ध्यान दिने र पानी शुद्धिकरण गरेर मात्रै प्रयोग ग¥यौँ भने यसका कारण लाग्ने रोगबाट बच्न सक्छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *