खहरेको कुखुरा फर्ममा बाढी पस्दा ३५० चल्ला मरे


आदर्श अनलाइन, बागलुङ
बागलुङमो अबिरल वर्षाका कारण बागलुङ नगरपािलका–३ नुवारा खहरेमा कुखुरा फर्ममा क्षती पु¥याएको छ । मंगलबारदेखि परेको अविरल वर्षाका कारण कुखुरा फर्ममा क्षती पु¥याएको छ ।
खहरेमा रहेको गंगा कृषि तथा पशु पन्छी फर्ममा सडकको भल पस्दा ३५० कुखुराका चल्ला मरेका फर्मका सञ्चालक गंगा कार्कीले जानकारी दिनुभयो ।

“५०० चल्ला हालेको एक हप्ता भएको थियो” कार्कीले भन्नुभयो “मध्यपहाडी लोकमार्गको भल बढेर शाखा सडक हुँदै फर्ममा पसेर कुखुराका चल्ला मारेको हो, फर्म आसपासमा समेत भल पसेर क्षती पु¥याएको छ ।” उहाँले कुखुराको चल्ला र फर्म गरी झण्डै ५० हजार बराबरको क्षती पु¥याएको छ ।

यस्तै नुवारा स्थित राजिव केसीको कृषि तथा पशु फर्ममा समेत भल पसेर क्षती पु¥याएको छ । केसीको दुई वटा टमाटर सहितका टर्नेलमा क्षती पु¥याउदा एक लाख ५० हजार भन्दा बढीको क्षति भएको छ । उहाँको कुखुरा फर्ममा पानी पसेको भएपनि फर्ममा कुखुरा नभएकाले कम क्षती भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *