नाइरोबी फ्लाई किराको प्रकोप, सचेत रहन आग्रह

आदर्श अनलाइन, तनहुँ
केहिदिन देखि तनहुँ जिल्ला आसपासका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ (Nairobi fly) नामक किराको जोखिम बढेको भन्दै स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले सजगता अपनाउन आग्रह गरेको छ।

केन्द्रले पछिल्लो समय यस क्षेत्रबाट उपचारका लागि आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्ताे देखिने समस्या लिएर आउने गरेको र जसको मुख्य कारण नाइरोबी फ्लाई नामक किराले टोक्दा यसको एसिडका कारण हुने जनाएको छ।

केन्द्रका अनुसार भारी वर्षा भएर पुन: घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा यो किरा झ्याल ढोकाबाट प्रवेश गर्ने र यो किरासँग छोइदा पनि एसिडले पोलेको जस्तो छालामा जनै खटिरा जस्तो घाउ हुने गर्दछ।

यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा नाईरोबी फ्लाईको प्रकोप देखिएपनि अहिले पहाडी क्षेत्रमा यो किरा देखिन थालेको हो। यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *