खेमराज गौतम, बागलुङ
कलिलै उमेरमा ढोरपाटन नगरपालिका–५ पाखाँपानीका हिमाल कुरमार पुनलाई आर्थिक अवस्थाका कारण इराक पु¥यायो । २०६४ सालमा एसएलसी पास गर्नुभएका पुनको क्याम्पस पढ्ने सपना आर्थिक अभावका कारण अधुरै रह्यो । काठमाण्डौमा क्याम्पस पढ्न जानुभएको पुनलाई आर्थिक अभावका कारण इराक पु¥यायो ।
सानै उमेरमा आर्थिक समस्याका कारण इराक पुग्नुभएका पुनलाई इराक पुगेपछि मात्रै थाहाँ भयो इराक नेपालीहरुका लागि प्रतिबन्धित देश भनेर । दुई वर्षलाई इराक जानुभएका पुनलाई इराकले साढे सात वर्ष भुलायो । इराकामा काम निकै गाह्रो भएपनि पैसा भने राम्रै भएको उहाँको भनाई छ ।
“पढ्ने निकै रहर थियो तर काठमाण्डौको खर्च थान्नै धौ, मध्यमवर्गी परिवारका कारण समस्यामा भए” हिमाल कुमार पुनले भन्नुभयो “कलेज पढ्ने काम अधुरै राखेर इराक हानिए, इराक गएपछि मात्रै थाहाँ भयो यहाँ आउन मनाई रहेछ, तर आइसकेपछि कमाउनु त प¥यो, दैनिक जसो गोला बारुदका बीचमा बल्ल तलल बाँचेर आइयो, नेपालमा आएपछि विदेश नजाने सोचका साथ व्यावसायीक क्षेत्रमा हात हालेको हुँ तर जाँगर गरे युरोपको कमार्य यहीगर्न सकिने रहेछ ।”
३१ वर्षीया पुन दुई वर्षलाई जानुभएको इराकमा साढे सात वर्ष विताउनुभयो । उहाँले इराकमा दुःख र ज्यानको बाँजी नै लगाएर भएपनि कमाई राम्रै भएको बताउनुभयो । “इराकमा मासिक एक लाखदेखि एक लाख ५० हजार सम्म कमाई थियो तर के गर्नु आफ्नै अगाडी धेरै साथीको ज्यान जान्थयो गयो, बाँचेर आइयो” उहाँले समरण गर्दै भन्नुभयो “विदेशबाट आएपछि आफ्नै जग्गा सदुपयोग गरेर किबी खेती गर्न थाले त्यसपछि लगत्तै बहुआयामिक व्यवसायीक सोचका साथ व्यवसायमा तल्लिन रहेको छु ।”
२०६६ सालमा इराक जानुभएका पुनले इराकबाटै भाई मानसिङ पुनलाई बारीमा कोदो मकै मासेर किबीका विरुवा लगाउन सुझाउनुभयो । उहाँले विदेशमा निकै दुःख भएको भन्दै भाई पुनलाई किबी खेती तर्फ विदेशबाटै आर्कषित गराउनुभयो ।
भाई पुन पेशाले स्वस्थ्यकर्मी हुन् । उहाँको आफ्नै क्लिनिक छ । फूर्सदको समयमा पुनले दाईको व्यवसायमा साथ दिनुहुन्छ । २०७६ सालमा विदेशबाट फर्केर आउँदा उहाँको साढे नौ रोपनी जग्गामा किबीका बिरुवा हुर्किरहेका थिए । ३०० किबीका बिरुवा रु. १५० का दरले खरिद गरेर भाई पुनले लगाई सक्नुभएको थियो ।
पुनले आफू विदेशबाट फर्केर आएपछि बहुआयामिक व्यावसायीक माम गर्ने सोचका साथ अगाडी बढेको बताउनुहुन्छ । २०७६ सालबाट उहाँले स्वरोजगार बहुउदेश्यीय कृषि तथा पशु फर्म स्थापना गरेपछि ७५ वटा बाख्रा पाल्दै आउनुभएको छ ।
उहाँको फर्ममा खरी क्रस बोयर जातका बाख्रा तथा बोका रहेका छन् । उहाँले मासुको उत्पादकत्व बढाउनका लागि सबै बाख्रालाई बोयर बनाउने उदेश्य राख्नुभएको छ । उहाँको आफ्नै सय रोपनी जग्गा छ । तीन स्थानमा ३५ रोपनी, ४७ रोपनी र १८ रोपनी जग्गामा उहाँको कृषि तथा पशु पालनको क्षेत्र फैलिएको छ । १८ र ३५ रोपनी उहाँको पुख्यौली जग्गा हो भने ३५ रोपनी जग्गा उहाँले इराकमा कमाएको रकमले हालै खरिद गर्नुभएको हो ।
उहाँले हालै मात्र १० रोपनी जग्गामा व्यवसायीक केरा खेती शुरु गनुृभएको छ भने उहाँले व्यवसायीक रुपमा खरायो पालन र अकबरे खुर्सानै खेतीको समेत शुरुवात गर्नुभएको छ । स्थानीय जातको मुङ्ग्रे जातका ४०० केराका बोट लगाउनुभएको ।
मकै र कोदो हुँने खेतबारीमा अहिले उहाँका किबी र केरा खेती फष्टाउने क्रम छ । उहाँको स्वरुवजगार फर्मबाट बोका र किबी भने विक्रि गरेर आम्दानी गर्न थालिसक्नुभएको छ । “एउटै व्यवसायबाट मनग्य आम्दानी नहुँदो रहेछ, बहुउदेश्यीय काम गर्दा आम्दानी बढी हुँने देखियो, अहिले विस्तारै किबी र बाख्रपालनबाट सफलता हासिल गर्दै आएको छु” हिमाल पुनले भन्नुभयो “आफूले आफ्नो फर्मलाई प्रयोगशाला बनाउदै आएको छु, विकट गाउँमा कृषि प्राविधिकहरुको अभावै रहेको छ, आफैले परिक्षण गर्ने र सफलता प्राप्त गर्ने गरेको छु ।”
पुनले जग्गा खरिद, आधुनिक बाख्रा फर्म विस्तार, किबीको थाक्रा लगायतको व्यवस्थापनका लागि रु. एक करोड बढी लगानी गरिसकेको बताउनुभयो । उहाँले गत वर्ष पहिलो पटक चार क्विन्टल किबीको फल विक्रि गरेको बताउनुभयो । उहाँको फर्ममा २५ खरायो, ५० वोट एबोकाडो र दूई रोपनी जग्गामा अकबरे खुसाृनी खेती गर्नुभएको छ ।
“आगमी वर्षदेखि पुरै फर्मबाट वार्षिक १० देखि १२ लाख आम्दानी गर्ने लक्ष्य छ, मैले कामदार राखेकोे छैन, बुबा आमा र भाईले केही सघाउनुभएको छ, बिहान पाँच वजे देखि बेलुका सम्म आफै खटेको छु, विदेशमा गर्ने दुख सम्झदा यहाँको दुख केही लाग्दैन”–उहाँले भन्नुभयो ।
उहाँले नेपालमा कृषि पेश ागर्नेलाई सरकारले हेरेन भनेर बस्ने दिन गएको बताउदै आफ्नो व्यवसयाय सञ्चालन गरे विस्तारै सहयोग आउने उहाँको विश्वास छ । उहाँले कृषि ज्ञान केन्द्रबाट किबीको थाक्रो व्यवस्थापनका लागि रु. एक लाख ५० हजार र पशु विज्ञ केन्द्र बागलुङले बाख्राको आधुकि खोर व्यवस्थापनका लागि रु. एक लाख ५ हजार अनुदान प्रापत गरेको बताउनुभयो । उहाँले चरन क्षेत्रको राम्रो संभावना भएकाले वर्षमा ५० देखि १०० खसी÷बोका विक्रि गर्न सके युरोप तथा अमेरिकाको कमार्य गाउँमै गर्न सकिने उहाँको भनाई छ ।
पुनका ८४ वर्षीय बाबा पूर्ण बहादुर पुन र आमा नरमला पुनले व्यवसायमा उत्तिकै साथ तथा सहयोग गर्नुभएको छ । पुनकी श्रीमती विज्ञान शंकायमा काठमाडौमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । उहाँले श्रीमतीलाई समेत आफ्नै व्यवसायमा लगाउने सोच बनाएको बताउनुभयो । २७ वर्षका भार्य मानसिंह पुनले क्ल्निकमा बचेको समे फर्म व्यवस्थापनमा खट्दै दाईको व्यवसायलाई साथ दिंदै आउनुभएको छ ।