आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङले आफ्नो २२ औं स्थापना दिवस वृक्षारोपण गरेर मनाएको छ ।
बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले स्थापना दिवसको अवसरमा शहिद स्मृती पार्कमा वृक्षारोपण गर्दै पत्रकार महासंघ बागलुङलाई शुभकामना दिनुभएको थियो ।
उहाँले सूचना र सञ्चारको माध्यमबाट समाजमा जागरण फैलाइरहेका पत्रकारको साझा संगठन महासंघले वृक्षारोपण गरेर पर्यावरण संरक्षणमा समेत सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तराप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वृक्षारोपण कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर विकको अध्यक्षता, महिला उपाध्यक्ष सरिता खत्रीको स्वागत तथा सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।