बुढीगंगा मतगणना अपडेट : एमालेको अग्रता कायमै

आदर्श अनलाइन, बाजुरा :
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।

७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । अब १ हजार ७११ मत गन्न बाँकी छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । काँग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *