स्याङ्जाका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

रोहन जि.सी., बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखाले स्याङ्जाका दुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक वटा सहकारी संस्थालाई शनिवार वालिङमा आयोजित एक कार्यक्रममा बैंकले पुरस्कृत गरेको हो ।

उत्कृष्ट कारोबार विधामा गाउँवेशी वचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा मितेरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । गाउँवेशी सहकारीका सचिव केशव भट्टराई र मितेरी सहकारीका अध्यक्ष टेकलाल खनाललाई बैंकका तर्फबाट राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी. (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ, बैंकको वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्य अर्याल लगायतले पुरस्कृत गर्नु भएको थियो ।

बैंकको १८ औं वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न विधाका पुरस्कार मध्ये शाखा स्तरीय पुरस्कार शाखाले आयोजना गरेको कार्यक्रम मार्फत वितरण गरिदै आएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीहरुले सञ्चालन गरेको व्यवसायलाई मर्यादित र सदस्यमैत्री बनाउनका लागि सहकारी अभियानका सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीका संघ र विषयगत संघहरुलाई सक्रिय बनाएर सहकारी संस्थाहरुको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरुलाई सहकारीकै मर्म र भावना अनुसार सञ्चालन गर्न सकेमा हाल देखिएका समस्याहरु स्वत समाधान भएर जाने बताउनु भएको थियो ।

जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठले सहकारी संस्था सञ्चालन गर्न विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयनलाई ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष टिकाराम रेग्मीले सहकारी क्षेत्रमा रहेको पूँजिलाई कृषि क्षेत्रमा परिचालनका लागि योजना, कार्यक्रम र तत्परता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्दै सहकारी संघ संस्थाको वित्तीय व्यवस्थापन, संस्थागत विकास, प्रविधिमैत्री सेवा र बहस तथा पैरवीका लागि सहकारी बैंक सदैव तयार रहेको बताउनुभयो । उहाँले सहकारीहरुले सम्पूर्ण कारोबार सहकारी बैंकसंग गर्न सकेमा संरक्षित पूँजि फिर्ता कोषबाट लाभ लिन सक्ने विषयमा ध्यान दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा सहकारीकर्मीहरु भरत वाग्ले, राजेन्द्र डुम्रे, राजु डुम्रे, रमेश अर्याल, टेकलाल खनाल, दिनेश खनाल, डग प्रसाद गुरुङ लगायतले बैंकको सेवाको प्रभावकारिता र आगामी कार्यक्रमका बारेमा सुझाव दिनु भएको थियो ।

कार्यक्रम बैंकको वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्य अर्यालको अध्यक्षता, बैंकका शाखा प्रमुख टिकाराम अधिकारीको सञ्चालन र कर्मचारी विजय रेग्मीका स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *