सरोजराज पन्त
विश्व आज फेरि कोरोना भाइरस कोभिड १९ को नयाँ स्वरुपको संक्रमणबाट आक्रान्त बनेको छ । यसले सामाजिक, साँस्कृतिक, आर्थिक, मनोवैज्ञानिक पक्षमा दुरगामी असर परेको छ । कोभिड १९ को असर अहिले समाजमा परिरहेको छ । महामारीको उचित सामना गर्न नसक्दा यसबाट सिमितवर्गलाई फाइदा पुगेको छ । मूल्यवृद्धि, कालो बजारी, शक्तिको दुरुपयोग, भष्टा«चार गर्ने मौका छोप्ने काम भयोे । खाध्य सामग्री र दुग्ध पदार्थको मुल्य वृद्धिगर्ने भद्र्रो पनि यही समय हेरियो । लाखौ नागरिकमा आफ्ना तत्कालीन आवश्यकताहरु कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तनाव थपिदियो, जसले गर्दा मानिस जीवनबाट आजित भएर आत्महत्या गर्नेको संख्या बढेको छ । सरकारले केही राहत दिए नसक्दा उद्योग व्यवसाय, कलकारखाना चौपट भए ।
यसैबिच बजारमा वस्तु र सेवाको चरम मूल्यवृद्धिले जीवन दर्दनाक मोढमा पुगेकोे छ । रूस र युक्रेन युद्धको बहाना बनाएर हरेक साता व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिरहेका छन् । कहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी महँगिएको नाममा, कहिले सरकारले करको दर बढाइको बहाना, कहिले कच्चा पदार्थको मूल्य बढेको बहानामा दैनिक उपभोग्य वस्तुहरू दुध, घिउ, दही, पनिर, खानेतेल, दाल, चामल, तेल, घीउ, चिनी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थलगायत सम्पूर्ण वस्तुमा पटक–पटक चर्को मूल्यवृद्धि भइरहेको छ । उत्पादकदेखि आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले अस्वाभाविकरूपमा मूल्यवृद्धि गर्दा उपभोक्ताको भान्सा अहिले महँगीको मारमा परिरहेको छ । यही कारण गरिबको चुलो निभ्ने अबस्था आई पुगेको छ ।
यस्तै सरकारले बैंक तथा वित्तिय सस्थाको ऋणको व्याजमा राहत दिने, ज्यालादारीमा काम गर्ने मानिसलाई आर्थिक प्याकेज दिने तथा कोरोना प्रभावित कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, यातायात, पशुपालन, मेनपावर, कन्सल्टेन्सी, फिल्महल, होटल व्यवसाय लगायतका क्षेत्रलाई नराम्रोसँग गिजोलेको छ । बैंक, फाइनान्स सहकारी लगायतका वित्तिय सस्थाहरुले बिषम परस्थितिमा ऋणको व्याज कम गर्नु पर्नेमा झन बढाएकोले ऋणको तनावले झन विकराल समस्या थपेको छ । क्रृणको सावा व्याज तिर्ने समयसीमा आषाढ मसान्तको तनाब र दवाव दिइरहेका छन । यसरी अहिले कोरोनाको डरसँगै सरकारको कर, बैंक, फाइनान्स, सहकारी लगायतका वित्तिय सस्थाहरुको ऋणको साँवा र व्याजको कारण मानिस मर्ने अबस्था छ ।
बिहान १० बज्ज नपाउदै मोवाइलमा म फलानो बैकबाट तपाइको घर, गाडीको किस्ता आएननी किन ? कर्मचारीको परिचयभन्दा पहिल्यै एक्कासी प्रश्न ब्रजिन्छ आषाढ मसान्त आइसक्यो तपाइँले किस्ता र व्याज तिर्नु भएन आषाढ मसान्त कुनै हालतमा नकटाउनु है नत्र फाइन, व्याजको स्याज तिर्नु पर्ला, लिलाम गर्न आउनु पर्ला ? यो अहिलेको दैनिकी बनेको छ । यस्तै म फलानो फाइनान्सबाट तपाइको मोटरसाइकलको किस्ता ढिला भयो खै ? यसैगरी सहकारी, मार्केटीङबाट पनि यस्तै भनी अहिले दिनहँु जसो फोन आइरहन्छ ।
लामो सास फेर्दे बेलुका बालबालिकालाई के खुवाउने तलव, ज्याला कमि छ तर सबै चिज महङ्खीयो पसरी घर चलाउने, धान्ने ? व्यापार केही छैन भाडा र कर कसरी तिर्ने ? घर, सटर भाडा, खानपान, पानी, बिजुली, टीभी, इन्टरनेट, मोबाइल, फोन आदिको खर्च कसरी जुटाउने र दैनिक गुजारा के गरी चलाउने ? यी कुरा मनमा खेलाउदै दिनचर्या वितेको छ । आर्थिक संकटमा गुर्जिरहेको जीवन झन कष्टकर बनेको छ । दैनिक ज्यालामा बाँच्ने मजदुरदेखि किस्तामा गाँस, बाँस र आस बोकेका मानिसहरुका लागि यो समय भोक र त्रासको कहर बनेको छ । कमाएर जीविका चलाउने किस्तामा बाँचेकोवर्ग अहिले विचल्लीमा छ तर पनि यो बारेमा सम्बधित निकाय मौन रहेकोले यो अवस्था दुखी गरिवकोलागि विडम्बना बनेको छ ।
कतिपय नेपालीहरु विदेशबाट बेरोजगार भएर फर्केका छन तर देशमा रोजगारीको अवसर श्रृजना भएका छैन । सिमित रोजगारदातालाई पनि सरकारले जोगाउने कुनै नीति, रणनीति ल्याउन सकेको छैन । बिभिन्न उद्योग व्यवसाय, कलकारखाना सञ्चालन गर्न, बिदेश जान, घर जग्गा, गाडी, मोटर साइकल देखि घरेलु उपकरण किन्न ऋण लिएर किस्तामा जीवन यापन गरेका मानिसहरु अहिले बेरोजगार, महङ्खी बढदा, उद्योगी व्यवसायी, कलकारखानाको सावा व्याज तिर्न नसक्दा सबै चौपट हुने अबस्थामा पुगेका छन । कतिपयले बैंक, फाइनान्स, सहकारीको ऋणको व्याज, कर तिर्न नसक्ने चित्ताले मानसिक रोगी थपिने आकलन पनि गरेका छन ।
स्वदेशमा बेरोजगार भइ रोजीरोटीको जोहो र धन कमाउन ऋण खोजेर बिदेशीन बाध्य दाजुभाइ दिदी बहिनीहरुलाई थप ऋणी बनाइएको छ । देश युवाहरुले पठाएको रेमिट्यान्सले चलेको छ । युवाहरुले कमाएको पैसा नेपाल आएपनि फेरि खरिदको लागि अरबौं रुपया पलायन भएको छ । युवाहरुले पठाएको रेमिट्यान्सले चलेको देशको सरकार आफ्नो नागरिकलाई सुरक्षित ल्याउने, राख्ने, व्यवस्थित गर्ने, बिदेशमा हासिल गरेको सीप, ज्ञान, अनुभवलाई प्रयोगगरी उत्पादनमूलक काममा लाग्न र युवा केन्द्रित स्वरोजगारका लागि नीतिगत कार्यक्रम सहित आर्थिक प्याकेजको बन्दोबस्त गरी देशमा नै गरिखाने र बौद्धिक पलायन रोक्न नसकेको कारण कोरोनासँगै किस्तामा अडेको जीवन असहज बनेको छ ।
घर, घडेरी, गाडी, कार, मोटर साइकल मात्र होइन, मोबाईल, फ्रिज, टीभी वासीङ मेशीन आदि बस्तु तथा सामग्रीहरु मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना देखि बर्षो कायम गरि किस्तामा दुखजिलोमा बाँचेकाहरुको अबस्था थप दुखद बनेको छ । केही हुन्छ कि भनी व्यापार व्यवसाय गर्नेदेखि सुविधाका लिनका लागि आफ्नो घर घडेरीको लालपुर्जा, नागरिकता समेत घरमा राख्न नपाएका किस्तामा जीउनेहरुको पीडा यो समय थप दर्दनाक र कष्टकर बनेको छ । राज्यले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बोके पनि सम्पूर्ण नेपालीलाई सरकारको तर्फबाट कुनै राहत दिन नपर्ने तर करका लागि कर गर्ने तर जनता माथि भोका, नाङगा के छौ दुख बिमार भएको छ कि ? भनी कुनै अभिभावकत्व निर्वाह नगर्ने सरकार र नाफा कमाउन मरिहत्ते बिज्ञापन गरी ऋण दिएर तुरुन्त व्याज बढाउने वित्तिय सस्थाहरुले सेवामुखी होइन नाफाखोरतत्रले जनजीवन कष्टकर बनेको छ ।
यो अवस्था सृजना हुनुमा सरकारको अदुरर्दिर्श कार्यर्शली, पढेकाले थलो, नपढेकाले हलो छोडनु र उपभोक्ता बादी सस्कार बढ्दै जानु हो । यसलाई आफ्नो अनुकूल बनाउन, नेपाल जस्तो विकासोन्मुख देशले आत्मनिर्भर हुने अवसरको खोजी गर्नु पर्दछ । यसको लागि किस्तामा अडिएर जीवन जीउन विवश मानिसहरुले समयलाई चिनेर आत्मालोचना गरी आत्मनिभर हुने प्रण गर्नु पर्ने देखिन्छ । यसमा तीनै तहका सरकारहरुले नीतिगत, कार्यगत र व्यवहारगत रणनीति बनाएर यस संकटलाई शक्ति र अवसरमा रुपान्तरण गर्न तयार हुनु पर्दछ ।
देशको भौगोलिक अवस्था र स्रोत, साधन सम्भावना अनुसार कार्ययोजना बनाएर व्यवहारिक शिक्षा दिने, हिमालमा पर्यटन, जडीवुटी, पहाडमा पशुव्यवसाय र खानी, तराईमा कृषि पेशाबाट देशलाई आत्मनिर्भर बनाउने, देश विकास र समृद्धिको लागि युवा प्रधान रहेको हुँदा युवा पलायन रोक्ने र स्वदेशमा रहेका अबसरहरुको गहिरो अध्ययन, अनुसन्धान गर्नु आजको आवश्यकता बनेको छ । हिमाली क्षेत्रमा धान नफल्ला तर पशुपालन, स्याउ खेती र पर्यटन विकास जरुर हुन्छ । पहाडमा उब्जनी कम होला तर लटरम्म फलफूल खेती, पशुपालन, घरेलु तथा साना उद्योग चलाउन सकिन्छ र पर्यापयटन सम्भव छ । तराई क्षेत्रमा सुन खानी नपाइएला तर सुन रुपि अन्न फलाउन अवश्य सकिन्छ । पहाडी देश स्विजरल्याण्ड, मरुभूमिको देश इजरायल र प्राकृतिक स्रोत साधनले कमि हिजोको जापान, हिजो हामी कहाँबाट अन्न लगेको दक्षिण कोरिया, स्वीजरल्याण्डबाट हाम्रो देशले विकास र दिगो विकासलाई आत्मसाथ गर्नुपर्दछ । योग्य जनशक्ति उत्पादनमा राज्य सदैव क्रियाशिल रहनु पर्दछ ।
देशको नाम, दाम, सान र पहिचान कायम राख्न हिजोको शिक्षा आजको इच्छा र भोलिको प्रतीक्षा बिच तादाम्यता रहनुपर्दछ । देशको भूगोल र माटोको गहन अध्ययन गरी अध्ययन गरी माटो र भूगोल सुहाउँदो राजनीति सञ्चालन गर्नुपर्दछ । देशमा भएका स्रोत साधनको राम्रोसंग समुचित प्रयोग गरि जनअपेक्षा अनुसार काम गर्नसक्ने योग्य व्यक्तिको हातमा राजनीतिक बागडोर र शक्त्ति प्रदान गर्नु पर्दछ । यसका लागि पाखुरीमा वल, आत्म विश्वास, एकताको भावना र स्रोत साधनको पूर्ण प्रयोग गर्ने इच्छाशक्ति हुनुपर्दछ । साथै योग्यता विनाको आकंक्षा, व्यवसायिकता बिनाको महत्वकांक्षा र काम विनाको माम खोज्ने प्रवृत्तिको अन्त्य गरी राइट डिसिजन एट राइट टाइम गर्न र तिनको सहि कार्यान्वयन गर्न सदैव राज्य अग्रसर हुनुपर्दछ । आषाढ मसान्त आउँदा क्रृण डरले काप्ने नभई मनग्य आम्दानी गरी स्वतः स्फुर्त रुपमा राज्यलाई कर तिर्ने वातावरण मिलाउन राज्य सदैव जागरुक हुनु पर्दछ ।