बागलुङमा कोरोनाबाट मृत्युभएका परिवारलाई ५७ लाख राहत

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु. ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु. ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु. ५७ लाख राहत रकम वितरण गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु. ५० हजारका दरले राहत रकम बुझिसकेको बताउनुभयो । “जिल्लामा कोरोनाले मृत्यु भएको संख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो” गुरौले भन्नुभयो हाल सम्म ११४ जनालाई दियौं, सम्पर्कमा नआएका र कागजात नबुझाएका २०/३० जना बाँकी होलान, प्रदेशले अर्कौ वर्ष बजेट पठाए पाउलान ।” राहत पाउनका लागि काजगात भने प्रमाणित हुन जरुरी हुन्छ ।

गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशका मृतकका परिवारलाई रु.५० हजार राहत दिने निर्णय अनुसार बागलुङमा कोरोनाका कारण मृत्यु भएका ११४ जनाका परिवारलाई रु. ५७ लाख राहत रकम प्रदान गरिएको हो ।

सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भएपनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

“प्रदेशको निर्णय अनुसार ५७ लाख भुक्तानी ग¥यौ, आर्थिक वर्ष सकिएका कारण अब भुक्तानी हुँदैन, अर्को वर्ष बजेट आएमा बाँकीलाई दिन सकिन्छ” घिमिरेले भन्नुभयो “जिल्लामा कोरोेनाले ७२ जनाको मृत्यु भएपनि बागलुङ घर भएर उपचारको क्रममा नेपालका जुनसुकै अस्पतालमा मृत्यु भएकाको परिवारलाई राहत दिने नीति थियो, सम्पर्कमा नआएका २०/३० जना होलान ।”

घिमिरेले स्वास्थ्य कार्यालयले ५० हजार राहत रकम दिएपनि बागलुङका केही पालिकाले समेत मृतकका परिवारलाई राहत रकम दिएको बताउनुभयो । पालिकाको राहत विवरण स्वास्थ्य कायाृलयलाई नआउने भएकाले कुन पालीकाले कति राहत दियो भन्ने थाहाँ नभएको घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजारका दरले राहत दिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको रु. तीन लाख ६० बजार बजेट अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई रु. २० हजारका दरले राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कोरोना संक्रमणका कारण हाल सम्म १८ जनाले ज्यान गुमाएका थिए ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई २० हजारका दरले राहत रकम प्रदान गरेको हो । गाउँपालिकाले १८ परिवारलाई २० हजारका दरले रु. तीन लाख ६० हजार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *