काठेखोला प्रथम अध्यक्ष कपको लोगो सार्वजनिक

आदर्श अनलाइन,बागलुङ

जिल्लको काठेखोला गाउँपालिकाले प्रथम अध्यक्ष कपको लोगो सार्वजनिक गरेको छ ।

गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनका अवसरमा गाउँपालिकाका अध्यक्ष अमर थापाले लोगो सार्वजनिक गर्नुभएको हो ।

यो लोगो काठेखोला गाउँपालिका-४ घर भएका थिम मेकर डिजाइन हाउस काठमाडौंका प्रेम श्रीसले तयार गर्नुभएको हो । आगामी माघ १५ देखी १८ सम्म हने प्रथम अध्यक्ष कप अन्र्तगत गाउँपालिकाका वडाहरु बीच पुरुष भलिबल, लोक गायन, गजल, सोरठी, बत्तृत्वकला प्रतियोगिता गरिदैछ । काठेखोला ३ को धम्जा देउरालीमा गरिने प्रतियोगितामा आकर्षक पुरस्कार राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *