बागलुङमा डेंगु भेटियो

आदर्श अनलाइन, बागलुङ

बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ। गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो।

धौलागिरी अस्पतालमा उपचार गर्न आaएको एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

ती बिरामी शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए। सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन्। ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुँनेगरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *