मल्ममा जडिबुटीको पहिचान, संरक्षण र उपयोग सम्बन्धी अभिमुखिकरण



अदर्श अनलाइन, बागलुङ
गलकोटको मल्ममा जडिबुटी पहिचान र उपयोग सम्बन्धी अभिमुखिकरण गरिएको छ ।
धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा गलकोट नगरपालिका–७ मल्मको सहकार्यमा मल्मका स्थानीयहरुलाई एक दिने स्थानीय जडिबुटीको पहिचान, संरक्षण र उपयोग सम्बन्धी अभिमुखिकरण गरिएको छ ।

स्थानीय जडिबुटिको उपयोग स्वास्थ्य र रक्षामा सहयोग भन्ने नाराका साथ जडिबुटिको पहिचान र उपोगिताका विषयमा आयुर्वेद औषधालयका डा. प्रदिप अधिकारी, कमल विक्रम पौडेलले सहजीकरण गर्नुभएको थियो । सहजकिरणमा जडिबुटिको पहिचान, उपयोगको मात्रा लगायतका विषयमा जानकारी गराउनुभएको थियो । जडिबुटिको सही पहिचानले नै जडिबुटीको सहि काम हुने भएकाले सर्वप्रथम पहिचान, काम र उपभोगको मात्रा मिलाउनुपर्ने वहाँहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राज बहादुर थापाले जडिबुटिको फाइदा, पहिचान र प्रयोगका विषयमा स्थानीय अनविज्ञ भएका कारण जडिबुटिको लोप हुन थालेपछि यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा वडा स्तरका स्वास्थ्य स्वंयसेवीका, सामुदायिक वनका प्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधि सहित ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम धौलागिरी आयुर्वेद औषधालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ललिता थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *