यस्तो बन्यो वीरेन्द्र–ऐश्वर्य उद्यान (फोटो फिचर)


आदर्श अनलाइन, बागलुङ

तस्बिर खेमराज गौतम/मनोज शर्मा

कुनैदिन बागलुङ बजारवासीले विश्रामस्थलको रुपमा लिदै आएको ऐतिहासिक वीरेन्द्र–ऐश्वर्य उद्यान झण्डै एक दशक अलपत्र प¥यो ।

हरीयाली तथा व्यवस्थित बनेको शुन्दरपार्कमा वीरेन्द्र–ऐश्वर्यको शालिक थियो । २०६२/६३ सालको जनआन्दोलनको क्रममा जब आन्दोलनकारीले वीरेन्द्र–ऐश्वर्यको शालिक तोडफोड गरे त्यसपछि पार्क विस्तारै कुरुप बन्दै गायो ।

पछिल्लो एक वर्ष अघि सम्म पार्कमा जीर्ण रुखमात्रै बाँकी थिए । धेरैले पार्क कुरुप बनेपछि पार्क संरक्षणको जिम्मा पाएको बागलुङ नगरपालिकाको चर्को आलोचना समेत भयो । तर पछिल्लो छ महिना एता वीरेन्द्र–ऐश्वर्य उद्यानले जुनीनै फेरेको छ । कुरुप बनेको पार्क अहिले झलमल्लमा परिणत भएको छ ।

बागलुङ बजारभित्र अव्यस्थित वीरेन्द्र–ऐश्वर्य उद्यान पुनःनिर्माण पश्चात चिरिच्याट्ट परेको छ । अहिले पार्क निर्माण सम्पन्न भएको छ । पार्कमा दुँबो रोपेर हरीयाली बनाइएको छ भने पानीको फोहोरा सहित साँझको समयमा विद्युतिकरणले झलमल्ल बनेको छ ।

उद्यानमा फूलका विरुवा र दुबो, ढुङ्गा छाप्ने र विद्युतिकरणको काम सकिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले झण्डै रु. एक करोड लागतमा ठेक्का सम्झौता गरेको पार्क रु. ९६ लाखमा तयार भएको हो ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यकरण तथा स्थापना गरिएको थियो । विसं २०६२/६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र–ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरुप हुँदै आएको थियो । अहिले राजारानीको सहिद भएको स्थानमा पानीको फोहोरा बनाइएको छ ।

उद्यानको मुख्य भागमा पानीको फोहोरा र विभिन्न रङ्को लाईट जडान गरिएको छ । पदमार्गमा ताराखोलाको स्लेटढुङ्गा छापिएको छ । उद्यान वरपर विभिन्न फूल र बिरुवा रोपिएको छ । कुरप बनेको उद्यान पुनःनिर्माण संगी हरियालीमा परिणत भएपछि बागलुङ बजारवासी खुसी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *