एमाले सहकारी विभागले तोक्यो प्रदेश र विषयगत जिम्मेवारी : गण्डकी प्रदेश र प्रवक्ताको जिम्मेवारी जिसीलाई

आदर्श अनलाइन
काठमाडौं

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले विभागको कामलाई थप प्रभावकारी बनाउनका लागि विभागका सदस्यहरुलाई प्रदेश तथा विषयगत सहकारी संघहरु हेर्ने जिम्मेवारी तोेकेको छ ।

विभागको शुक्रवार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको दोस्रो वैठकले ७ प्रदेश, विभिन्न विषयगत संघ, प्रशिक्षण डेक्स, सूचना तथा सञ्चार डेक्स, कार्यालय व्यवस्थापन र अनुगमनका लागि जिम्मेबारी तोकेको एमाले पोलिटव्यूरो सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईले बताउनुभयो ।

विभागले गरेको कार्य विभाजन अनुसार प्रदेश नं. १ को संयोजन गर्ने जिम्मेवारी रामचन्द्र उप्रेती, मधेस प्रदेशमा विश्वनाथ मण्डल, बागमती प्रदेशमा के.बी.उप्रेती, गण्डकी प्रदेशमा राम बहादुर जिसी, लुम्बिनी प्रदेशमा भीम तुलाचन, कर्णाली प्रदेशमा हरिहरनाथ योगी र सुदुरपश्चिम प्रदेशमा विभागका उपप्रमुख निर्मल भट्टराईलाई तोएिको छ ।

यस्तै विषयतगत तथा विशिष्टिकृत सहकारी संघहरुतर्फ राष्ट्रिय सहकारी महासंघमा संयोजनको जिम्मेवारी विभागका प्रमुख कमल चौलागाई, राष्ट्रिय सहकारी बैंकको संयोजनको जिम्मेवारी सदस्य के.बी.उप्रेतीलाई दिइएको छ ।

यस्तै नेफ्स्कुन हेर्ने जिम्मेवारी परितोष पौड्याल, केन्द्रीय कृषि सहकारी संघ खेम बहादुर पाठक, नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघ खेम सुवेदी, उपभोक्ता केन्द्रीय सहकारी संघ टेक प्रसाद चौलागाई, पर्यटन केन्द्रीय सहकारी संघ रामशरण शर्मा घिमिरे, नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघ रमेश प्रसाद पोखरेल, नेपाल केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ शान्ति अधिकारी र मौरीपालन केन्द्रीय संघ हेर्ने जिम्मवारी सरिता भट्टराईलाई तोकिएको छ ।

यसैगरी विउ विजन केन्द्रीय सहकारी संघको जिम्मेवारी देवराज पराजुली, चिया उत्पादक सहकारी संघ मिना ढकाल, उखु उत्पादक केन्द्रीय सहकारी संघ विश्वनाथ मण्डल, पशुपंक्षी केन्द्रीय सहकारी संघ शम्भु प्रसाद गुप्ता, जुनार केन्द्रीय सहकारी संघ भुवन विक्रम घिमिरे, कफि केन्द्रीय सहकारी संघ डि.बि. बस्नेत, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ राम बहादुर जिसी, जडिबुटी केन्द्रीय सहकारी संघ हरिहरनाथ योगी, विद्युत केन्द्रीय सहकारी संघ जिवसराज खड्का, सुपारी केन्द्रीय सहकारी संघ महेन्द्र गिरी तथा विशिष्टिकृत सहकारी संघ निर्मल भट्टराई र डा.खगराज शर्मालाई संयोजनको जिम्मेवारी दिइएको छ ।

विभागको वैठकले पार्टी सदस्यहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण दिनका लागि प्रशिक्षण डेक्स स्थापना गरेको छ, उक्त डेक्सको संयोजन गर्ने जिम्मेवारी विभागका सदस्य केशव पोखरेल, विभागको सूचना तथा सञ्चार डेक्सको जिम्मेवारी सदस्य राम बहादुर जिसी, कार्यालय व्यवस्थापनको जिम्मेवारी सदस्य खेम सुवेदी र समग्र विभागको कामको अनुगमनको जिम्मेवारी विभागीय प्रमुख कलम चौलागाई र उपप्रमुखहरु अमृता सुब्बा र निर्मल भट्टराईले गर्ने जनाइएको छ ।

वैठकमा विभागका तर्फबाट पार्टी केन्द्रीय कमिटिमा सिफारिस गर्ने नेकपा एमालेको सहकारी नीतिका विषयमा विभागका तर्फबाट गठित कार्यदलका तर्फबाट प्रस्तुत गरेको अवधारणामाथि छलफल गरी उक्त सुझाव केन्द्रमा बुझाउने निर्णय भएको छ । विभागका तर्फबाट पार्टी स्कुल विभागसंग समन्वय गरी पाठ्यक्रम निर्माण गर्ने र प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश, जिल्ला तथा पालिकाहरुमा सहकारी विभाग गठन गर्ने, पार्टी सदस्यहरुलाई सहकारीमा संगठित गरी उद्यमशिलता र आयआर्जन वृद्धिका काममा लगाउन समन्वय गर्नु पर्ने लगायतका सुझाव पार्टी केन्द्रलाई दिइने भएको छ ।

कार्यदलका सदस्य केशव पोखरेलले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो । नेकपा एमालेको आगामी सहकारी नीतिका बारेमा सुझाव प्रस्तुत गर्नका लागि विभागले मिनराज कंडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्यहरुमा के.बी. उप्रेती, रमेश प्रसाद पोखरेल, परितोष पौड्याल, केशव पोखरेल र डा.खगराज शर्मा रहनु भएको थियो ।
विभागको बैठकमा आफ्नो भनाई राख्दै विभागीय प्रमुख तथा पार्टी पोलिटव्यूरो सदस्य कमल चौलागाईले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि राजनीतिक दलहरुको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

सहकारी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा केन्द्रीत गराउन, सहकारीमार्फत बजारीकरणको कामलाई प्रभावकारी बनाउन, वित्तीय क्षेत्रमा शसक्त रुपमा सहकारीलाई अगाडि बढाउनका लागि नेकपा एमाले सदैव तत्पर रहेको र आगामी दिनमा थप प्रभावकारी बनाउन विभागका तर्फबाट थप पहलकदमी लिइने बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्य तथा विभागका उपप्रमुख अमृता सुब्बा, पार्टीका लेखा आयोगका सदस्य मिनराज कंडेलले सहकारी तथा गरिवी निवारण विभागले पार्टीसंग समन्वय गरेर सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा समेत योगदान गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

विभागका प्रमुख कमल चौलागाईको अध्यक्षतामा भएको वैठकको सञ्चालन पार्टी केन्द्रीय सदस्य तथा विभागका उपप्रमुख निर्मल भट्टराईले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *