अष्टेलियाको क्रिकेट क्लबद्धारा बागलुङको क्रिकेट क्लबलाई किट सहयोग

रोहन जि.सी बागलुङ
हिमालयन वारिर्यस अष्टे«लियाले बागलुङको चर्चित क्रिकेट क्लब धौलागिरी क्रिकेट क्लब (डि.सी.सी) लाई क्रिकेट साम्रागी सहयोग गरेको छ ।

क्लबले आफ्नो सिजनको समापनको अवसरमा नेपालमा रहेका उत्कृष्ट क्लबलाई सहयोग गर्ने निर्णय पश्चात बागलुङको धौलागिरी क्रिकेट क्लब लाई सहयोग गरेको हो ।

हिमालयन वारिर्यस अष्टे«लियाले करिब २५ हजार बराबरको क्रिकेट किट सहयोग गरेको छ । सो साम्रागीमा १ थान हेल्मेट, १ पेयर गल्बस, १ थान प्याड, १ थान थाई प्याड, १ थान किट ब्याग, १ थान इङ्गिलस उइलो ब्याट सहयोग गरेको हो ।

सहयोग कार्यक्रममा हिमालयन वारिर्यस अष्टे«लियाका अध्यक्ष अनिल पाण्डे, उपाध्यक्ष सुमन भेटाल, महासचिव शिव भट्टराई, कोषाध्यक्ष भुवन ढकालले धौलागिरी क्रिकेट क्लब (डि.सी.सी) का अध्यक्ष प्रदिप जि.सी, उपाध्यक्ष फणिन्द्र बहादुर खड्का, सचिव दिपक कुँवरलाई किट हस्तान्तरण गर्नुभएको हो ।

क्रिकेटको विकासका लागि क्लबलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने हिमालयन वारिर्यस क्लब अष्टे«लियालाई धन्यवाद सहित सम्मान कार्यक्रमको आयोजना गरिएको धौलागिरी क्रिकेट क्लबका टिम कप्तान अनिष जि.सीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *