कृषकका समस्या समाधानका लागि गाउँमै पुगेर बाली उपचार शिविर

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर १ का कृषकहरु किराले तरकारी तथा बालीहरु नष्ट गरि दिएपछि चिन्तित थिए । जब नगरपालिकाले गाउँमै पुगेर बाली शिविर संचालन ग¥यो, तब उनीहरु चिन्ता मुक्त भए ।

गलकोट नगरपालिकाले कृषकका समस्या समाधानका लागि गाउँमै पुगेर बाली उपचार शिविर संचालन थालेपछि यहाँका कृषकलाई ठूलो राहत मिलेको छ । शिविरमा कृषकको समस्या बुझ्ने, आवश्यक परामर्श दिने तथा बालीमा लागेको रोग पत्ता लगाउने र आवश्यक उपचार हुने गरेको कृषक बताउँछन् ।

गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका किसान हिराबहादुर काउचा बारीमा लगाएको तरकारी, सुन्तला, कागती लगायतको फलफूलकोे फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका थिए । नगरपालिका तथा कृषि ज्ञान केन्द्रले गाउँमै कृषि प्राविधिक पठाएर बाली शिविर संचान गरेपछि आफू जस्ता किसानलाई राहत पुगेको काउचा बताउँछन् ।

गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझाव अनुसार किसानले बाली तथा तरकारी संरक्षण गर्न सफल भएको उनको भनाई छ । ‘बारीमा लगाएको तरकारी फलफूल सबै मरे, भर्खर फूल खेलेर फल हाल्न लागेका फलफूलको फल झर्ने थालेपछि हामीलाई निकै चिन्ता लागेको थियो, फलहरु सबै भुँदमा देख्दा मन उम्लिन्थ्यो,’ काउचाले भने, ‘नगरपालिकाले गाउँमै बाली उपचार शिविर सञ्चालन भएपछि ठूलो नोक्सानीबाट जोगिएको छ, प्राबिधिकहरुले बाली र फलफूलको परीक्षण गरि आवश्यक सुझाव दिनुभयो, जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपाय पनि सिकाउनुभयो, अब यो समस्या समाधान हुने अपेक्षा लिएका छौँ ।’

स्थानीय तहले गाउँमै कृषि प्राविधिक पुगेर बालीमा लागेको रोगका बारेमा जाँचबुझ गरी उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी दिएको गलकोट नगरपालिकाकी कृषि प्राविधिक रमा शर्माले बताइन् । उनले कृषकहरुले प्राबिधिकले सुझाए अनुसार रोग तथा किरा नियन्त्रणका लागि औषधि तथा अन्य विधि अपनाउने शर्माले बताइन् ।

नगरपालिकाले वडा नम्बर ५ हरिचौर र वडा नम्बर २ दुदिलाभाटीमा शिविर गरिएको थियो । दुदिलाभाटीमा २५ जना कृषकहरूले आफ्नो तरकारी र फलफूल खेतीमा लागेको रोगकको बारेमा जानकारी गराएर समाधानको उपायको बारेमा खोजी गरेका थिए ।

कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषकको समस्या बुझ्ने गुनासो सुन्ने र उनीहरुको समस्या समाधानका लागि शिविर संचालन गरेको को आयोजनामा जिल्लाका विभिन्न स्थानमा बाली उपचार शिविर सञ्चालन गरिएको बताए । उनले ग्रामीण क्षेत्रका कृषकलाई प्राबिधिकहरुको मसस्या हुने हुँदा धेरै समस्या भोग्नु परेको बताए ।

‘बागलुङको अधिकांश खेति ग्रामीण क्षेत्रमै हुन्छ, त्यहाँ प्राबिधिकको उपलब्धता छैन, कृषकहरुले रहेक वर्ष विभिन्न समस्या भोग्दै आउनु परेको छ, उनीहरुको समस्या समाधानका लागि हामी गाउँमै पुगेर बाली उपचार शिविर गरि रहेका छौँ,’ प्रमुख भट्टराईले भने ‘शिविरले कृषकलाई धेरै राहत मिलेको छ, उनीहरु निकै उत्साहित समेत बनेका छन् ।’

ज्ञान केन्द्रले यस वर्षमा जिल्लाका ६ स्थानमा शिविर सञ्चालन गरि सकेको उनको भनाई छ । कृषकका रहके समस्या समाधानका लागि विभिन्न कार्यक्रम समेत संचालन गरि रहेको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *