चट्याङमा ज्यान गुमाएको परिवारलाई सरकारको राहत


आदर्श अनलाइन, बागलुङ

चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई तीन तहको सरकारको एकमुष्ट राहत वितरण गरिएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राम निवासी गजेन्द्र पुनको श्रीमती सुस्मिता पुनको चट्याङ लागेर असार १४ गते ज्यान गएको थियो ।

ज्यान गुमाउनेको परिवारलाई सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको नेतृत्वमा राहत रकम हस्तान्तरण गरिएको हो ।

विपद्मा ज्यान गुमाउनेको पुनको श्रीमानलाई संघीय सरकारले रु. दुई लाख र गण्डकी प्रदेश सरकारको रु. ५० हजार सहायक प्रमुख जिल्ला अधिकारी पौडेले प्रदान गर्नुभयो भने काठेखोला गाउँपालिकाको तर्फबाट रु. ५० हजार गाउँपालिकाका अध्यक्ष राजु थापाले हस्तान्तरण गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *