एमालेको निर्वाचन केन्द्रीत अभियान : गण्डकी प्रदेशका एक हजार पाँच सयलाई प्रशिक्षित गरिदै


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले गण्डकी प्रदेश कमिटिले साउन ८ गते गण्डकी प्रदेशका १५ सय जना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । पार्टी प्रदेश कमिटिको ११ औं वैठकले साउन ८ गते प्रदेश स्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार प्रदेश कार्यालयले प्रशिक्षणमा सहभागी हुनेहरुको विवरण तय गरेको छ । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटि र प्रदेश विभागका सदस्यहरु, गण्डकी प्रदेश स्तरीय जनसंगठनका सदस्यहरु, गण्डकी प्रदेशका सबै जिल्लाका जिल्ला कमिटि सदस्यहरु, गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने जनसंगठनका केन्द्रीय सदस्यहरु, स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरु प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।

सबै तहबाट प्रशिक्षण कार्यक्रममा १५ सय भन्दा बढीको सहभागिता रहने एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय सचिवालयले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि पार्टीका उपाध्यक्षहरुलाई संयोजनको जिम्मेवारी तोेकेको छ । गण्डकी प्रदेशमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पार्टीले खटाएको छ । पोखरा सभागृहमा हुने प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्य लगायतका नेताहरुले प्रशिक्षण दिने शर्माले बताउनुभयो ।

स्थानीय निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनका लागि तयारी गर्न एमालेले योजनावद्ध तयारी शुरु गरेको हो । सातवटै प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रशिक्षण भेलाहरु सञ्चालनको तयारी गरिएको एमालेले जनाएको छ । केन्द्रको निर्देशन अनुसार गण्डकी प्रदेश कमिटिले साउन महिनाभर प्रशिक्षण तथा भेलाहरु गर्ने तयारी गरेको छ । प्रदेश कमिटि वैठकले साउन १७ गते जनवर्गीय संगठनको भेला र साउन २८ गते जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेकोथियो ।

साउन १० गते गण्डकी प्रदेशका ११ वटै जिल्ला कमिटिको वैठक गर्न प्रदेश कमिटिले निर्देशन गरेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला स्तरीय प्रशिक्षण भेला गर्ने तयारी एमालेले गरेको छ । साउन १२ गते बागलुङ, म्याग्दी र मुस्ताङ, साउन १३ गते कास्की, पर्वत र तनहुँमा जिल्ला स्तरीय प्रशिक्षण भेला गरिने भएको छ । यस्तै साउन १४ गते स्याङ्जा, गोरखा र लमजुङ तथा साउन १५ गते नवलपुर र मनाङमा प्रशिक्षण दिइने एमाले प्रदेश कमिटि सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । साउन १६ देखि २५ गतेभित्र पालिका स्तरीय प्रशिक्षण सम्पन्न गर्न वैठकले निर्देशन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *