कालीकाको साढे दुई करोड भेटी संकलन


आदर्श अनलाइन, बागलुङ

बागलुङ कालिका भगवती गुठीले पछिल्लो छ महिनामा रु.दुई करोड ५७ लाख आम्दानी गरेको छ ।
माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो । अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्याय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि रु. १८ लाख ९१ हजार र बिजुली महसुल रु.एक लाख १४ हजार खर्च भएको उल्लेख छ ।

हाल निर्माण सम्पन्न भएको सत्तलका लागि रु.६२ लाख ६५ हजार र पूजा खर्चतर्फ रु.दुई लाख ९३ हजार देखाइएको छ । कर्मचारीको पोशाकका लागि रु. तीन लाख ५९ हजार ६५०, मेसिनरी तथा उपकरण खरिद शीर्षकमा रु १२ लाख ४६ हजार खर्च गरेको देखिएको हो । खाद्यान्न तथा आवासतर्फ रु. दुई लाख ४१ हजार, दैनिक भ्रमण भत्ता शीर्षकमा रु। एक लाख ९६ हजार, सामान खरिदमा रु. तीन लाख चार हजार र चैत्राष्टमी मेलाका लागि रु.१८ लाख खर्च भएको हो ।

आम्दानीतर्फ भक्तजनले चढाएको चामलबाट रु।दुई लाख ७९ हजार, बोकाको टाउको बिक्री रु. सात लाख ३४ हजार, कुखुराको रु.८० हजार, राँगाको रु। १७ हजार आम्दानी भएको हो । भाडामा दिएको सटरबाट रु.१७ लाख ४७ हजार, आर्थिक सहयोगमार्फत रु। १० लाख ७६ हजार कमाइ भएको देखिएको हो ।

आम्दानी र खर्चमध्ये बैंकमा रु.७८ लाख ९४ हजार र साना नगदी कोषमा रु। आठ हजार ९०० रहेको देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *