बिबिएमा धौलागिरी क्याम्पसलाई शत प्रतिशत नतिजा


आदर्श अनलाइन, बागलुङ

धौलागिरीको एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसले बिबिए पाँचौ सेमिस्टरमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार धौलागिरी बहुमुखी क्याम्पसले शत प्रतिश नतिजा हासिल गरेको हो ।

२०७५ सालबाट बिबिए अध्यापन गराउन थालेको धौलागिरी क्याम्पसले सबै समेस्टिरको परिक्षामा करिब ८० प्रतिशत माथी नतिजा ल्याउन सफल भएकोमा यस पटक परिक्षा दिएका सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ पास भएको धौलागिरी बहुमुखी क्याम्पसका बिबिए कार्यक्रम संयोजक विप्लब शर्माले जानकारी दिनुभयो ।

“बिबिएको पहिलो व्याच अहिले सातौ सेमिस्टरमा अध्ययन गरिरहेका छन्, अहिले त्रिभुवन विश्वविद्यालयले निकाले नतिजा पाँचौ सेमिस्टरको हो, परिक्षामा सम्मेलित २८ जानमा शत प्रतिशत उत्कृष्ट जिपिएका साथ पास भएका छन्” शर्माले भन्नुभयो “देशभरको आकँडा हिसाव गरिएको छैन तर गण्डकी प्रदेश स्थित त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा शत प्रतिश पास हुँनेमा धौलागिरी क्याम्पस मात्रै हो ।” शर्माका अनुसार धौलागिरी क्याम्पसका विद्यार्थीहरुले शत प्रतिश मात्रै हैन उत्कृष्ट जिपिए समेत प्राप्त गरेका छन् । पास हुँने विद्र्याीहरुले अधिकत ३.९२ जिपिए र न्यूनतम ३.३१ जिपिए प्राप्त गरेका छन् ।

धौलागिरी क्याम्पसको बिबिए कार्यक्रमका सबै समेस्टिरमा १२८ जना विद्यार्थी अध्ययनरत छ । यस धौलागिरी क्याम्पसमा बिबिएिको स्थापनाकालदेखिनै उत्कृष्ट अंकका साथ विद्यार्थीहरु पास भइरहेको सन्र्दभमा एसपटक भने शत प्रतिश विद्यार्थी राम्रो अंक ल्याएर पास भएको धौलागिरी क्याम्पसका क्याप्पस प्रमुख डा. राम प्रसाद उपाध्ययाले जानकारी दिनुभयो ।

उपाध्ययका अनुसार यस क्याम्पसमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर क्रमश वृद्धि हुँदै गएको बताउनुभयो । धौलागिरी क्याम्पसले विद्यार्थीको चहना अनुसारका विषयहरुलाई अध्यापनमा समावेश गर्दै आएको छ । क्याम्पसले वाणिज्यशास्त्र, विज्ञान संकाय पछि बिबिए अध्यापन गराउन थालेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *