सुनौलो बागलुङद्वारा सहयोग


आदर्श अनलाइन, बागलुङ
सुनौलो बागलुङ बरेङ समिति संस्थाले बागलुङको बरेङमा राहत बितरण गरेको छ । संस्थाले जैमिनी नगरपालिका–१० धुस घर भई बरेङ गाउँपालिका बिजुवा बस्दै आउनुभएका केशव थापाको रोजगारीको शिलशिलामा दुबैमा असामाहिक निधन भएपछि घरपरिवारलाई रु. २० हजार सहयोग गरेको छ

थोरै भएपनी राहत होस भन्ने अभिप्रायले राहत बितरण गरिएको संस्थाले जनाएको छ । वैदेशिक बिभागका कोषाध्यक्ष एंव संस्थाका केन्द्रिय सल्लाहकार चित्र श्रीसको अभियान अन्तरगत संकलित राहत हस्तान्तरण गरिएको सुनौलो बागलुङ बरेङ समितिका कोषाध्यक्ष सन्जु थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सुनौलो बागलुङ बरेङ समितिका निशा थापाको अध्यक्षता र सुनौलो बागलुङ संस्थाका केन्द्रिय उपाध्यक्ष दिलिप प्रतेलको प्रमुख आतिथ्यता र सुनौलो बागलुङ संस्थाका केन्द्रिय सचीव प्रदिप श्रीस मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *