गायक सपुत र आरोही पुर्जा गण्डकी प्रदेशको पर्यटन दुत नियुक्त

पर्यटन सद्भावना दुतको प्रमाणपत्र ग्रहण गर्दै गायक सपुतका बुवा बलबहादुर बिक

आदर्श अनलाइन,बागलुङ

चर्चित गायक प्रकाश सपुत र सफल हिमाल आरोही निर्माल पुर्जालाई गण्डकी प्रदेश सरकारले पर्यटन सद्भावना दुतको रुपमा नियुक्त गरेको छ ।

नेपाल भ्रमण बर्ष घोषणाका अवसरमा गायक सपुत र पुर्जालाई सद्भावना दुतको प्रमाणपत्र प्रदान गरिएको छ । गायक सपुत अंग्रेजी नयाँ बर्षको कार्यक्रममा जापानमा भएका कारण उनको प्रमाणपत्र बुवा बलबहादुर बिकले ग्रहण गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटन मन्त्री विकास लम्सालले उक्त प्रमाणपत्र संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

गायक सपुतले गण्डकी प्रदेश सरकारले सद्भावना दुत नियुक्त गरे पछि आँफुमा खुशी र जिम्मेवारी दुवै महुशुस भएको आदर्श अनलाईनलाई बताए । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनका लागि सक्दो भुमिका खेल्ने उद्घोष समेत गरे । देश बिदेशमा हुने मेरो सांगितिक कार्यक्रम र आगामी सिर्जनामा भ्रमण वर्षको सन्देश प्रवाह गर्ने प्रयास गर्नेछु, उनले भने, भ्रमण वर्ष २०२० र मेरो नियुक्ति केबल सरकारी योजना र प्रमाण पत्रमा सिमित नहोस भन्नका लागि प्रदेश सरकारलाई पनि खबरदारी गरिरहनेछु र आफ्नो तर्फबाट रचनात्मक भुमिका पनि निर्वाह गर्नेछु । समग्रमा पर्यटकीय क्षेत्रले भरिपुर्ण आफ्नो गण्डकी प्रदेश जस्तो सुन्दर प्रदेशको सद्भावना दुत हुन पाउनु जिवनको एकदमै महत्वपुर्ण उपलब्धि, ज़िम्मेवारी र अनुभव रहने गायक सपुतले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *