कालीगण्डकी दोहन समाचार प्रभाव : अवैध उत्खनन् गर्नेलाई कार्वाही


आदर्श अनलाइन, बागलुङ
साउन ४ गतेको दोहोनलाई लिएर आदर्श अनलाइन तथा धौलागिरी जागरण दैनिकमा साउन पाँच गते प्रकाशित समाचार पछि दोहनमा सम्लग्नलाई कार्वाही गरेको छ ।

असार देखि भदौ १५ गते सम्म नदी जन्य पदार्थ निकाल्न नपाइने कानूनी व्यवस्था रहेको समयमा जलजला क्षेत्रमा अवैध दोहन भइरहेको भिडियो तथा तस्विर मिडियामा आएपछि पर्वत प्रहरीले दोहनमा सम्लग्नलाई पक्राउ गरी कार्वाही गरेको छ ।

मध्यवर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमानै कालीगण्डकी नदिको अवैध दोहन भइरहेको भन्दै साउन ४ गते मंगलबार दिउँसो १२ बजे बागलुङ नगरपालिका–४ स्थित फोस्रेखोला पारी जलजला गाउँपालिका क्षेत्रमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिरहेको भिडियो तथा तस्विर सहित समाचार प्रकाशित गरेपछि उक्त स्थानमा दोहनमा सम्लग्न स्काभेटर र ट्रिपरलाई प्रहरीले कार्वाही गरेको छ ।

साउन चार गते दिउँसो अवैध दोहनमा सम्लग्न ग.१ क. ५८५२ नम्बरको १ वटा स्काभेटर मेसिन, ग.१ ख. ९६०९ र लु. १ क. ४०६६ नम्बरको २ वटा ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएर कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

“आदर्श अनलाइन मिडियामा आएको फोटो सहितको समाचार र सोही स्थानमा खिचिएको भिडियोको आधारमा प्रहरी परिचालन गरी स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएका हौ” बुढाथोकीले भन्नुभयो “स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएर कार्वाहीका लागि सम्बन्धीत जलजला गाउँपालिकामा पठाइएको र सो कार्यालयबाट रु. ५५ हजार जरिवाना गरिएको छ भने अबदेखि नदी जन्य पदार्थ उत्खनन् नदोहो¥याउने प्रतिबद्धता गराइएको छ ।”

प्रहरीलाई प्राप्त सही सुचनाका आधारमा दोहनमा सम्लग्न ट्रिपर तथा स्काभेटरलाई नियन्त्रणमा लिइरहेको प्रहरीको भनाई छ । मध्यवर्खामा नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने समयमा बागलुङ र पर्वत जिल्ला भएर भग्ने कालीगण्डकी नदीको अवैध दोहन भइरहेको छ ।

सर्वोच्च अदालतको आदेश पछि म्याग्दी, बागलुङ र पर्वत खण्डको क्षेत्रमा नदी उत्खनन्का लागि स्थानीय तहले ठेक्का लगाउन सकेका छैनन् । आदलतले कालीगण्डकी नदी दोहन रोक्ने आदशेपछि यहाँका क्रसर व्यवसायीहरुले रातको समयमा अवैध दोहन गर्दै आएका छन् भने सरोकारवालालाई प्रभावमा पारेर दिउँसै नदीजन्य पदार्थ उत्खनन् गरेको पाइन्छ । वर्खामा नदीबाट कुनै पनी नदी जन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा निकालन नपाइने भएपनि माफियाहरुले दिनराथ सरोकारवाला निकायहरुलाई प्रभावमा मापरेर नदी जन्य पदार्थ दोहन गरिरेका छन् । नदी जन्य पदार्थको दोहन कालीगण्डकी नदिले छोएको बागलुङ भन्दा पर्वत खण्डमा बढी भए पाइएको छ ।

पर्वतको जलजला गाउँपालिका र कुस्मा नगरपालिका क्षेत्रमा बढी मात्रमा नदीजन्य पदार्थको दिनरात दोहन भएको पाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *