एमाले बागलुङले थाल्यो निर्वाचन केन्द्रीत अभियान


जिल्ला कार्यालय सचिवमा थापा चयन
आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले पार्टी केन्द्र र प्रदेशको निर्देशन अनुसार निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ ।

वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा स्थानीय निर्वाचनको समिक्षा गरेको एमालेले स्थानीय निर्वाचनको सन्देशसंगै आगामी निर्वाचनको तयारीका लागि केन्द्रदेखि वडा स्तरसम्म निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्न लागेको हो ।

पार्टी केन्द्रले प्रदेश स्तरीय प्रशिक्षणसंगै जिल्ला, पालिका र वडा स्तरसम्म प्रशिक्षण, भेला, वैठक तथा अन्तरक्रिया कार्यक्रम गर्न निर्देशन गरेको छ । सोही अनुसार नेकपा एमाले बागलुङले जिल्ला स्तरका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

नेकपा एमाले जिल्ला सचिवालयको मंगलवार बसेको वैठकले साउन महिनाभरीमा जिल्ला, प्रदेश निर्वाचन क्षेत्र र पालिकाका वैठक, भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

एमालेले साउन १२ गते बागलुङ बजारमा जिल्ला स्तरीय प्रशिक्षण भेला आयोजना गरेको छ । भेलामा पार्टीका प्रदेश कमिटि, जिल्ला कमिटि, पूर्व जिल्ला कमिटि, पालिका कमिटि, वडा कमिटिका पदाधिकारी, जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरुको सहभागितामा प्रशिक्षण सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा पार्टीका नेताहरु तथा विषयविज्ञहरुले तोकिएको विषयमा प्रशिक्षण दिने गरी कार्यक्रमको तयारी गरिएको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।
एमालेले दोस्रो चरणमा सबै पालिकाका वैठकहरु सम्पन्न गर्ने भएको छ । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा साउन १४ गते, जैमिनी नगरपालिकामा साउन १५ गते, गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा साउन १६ गते, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा साउन १७ गते, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा साउन १८ गते पालिका स्तरीय वैठक गर्ने निर्णय सचिवालय वैठकले गरेको छ ।

अभियानको तेस्रो चरणमा एमालेले प्रदेश निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । साउन २० गते निर्वाचन क्षेत्र नं. १ (क) को प्रशिक्षण बागलुङ बजार र निर्वाचन क्षेत्र नं. २ (ख) को प्रशिक्षण बुर्तिबाङ बजारमा गरिने भएको छ । यस्तै साउन २१ गते निर्वाचन क्षेत्र नं. १ (ख) को कुश्मीसेरा र निर्वाचन क्षेत्र नं. २ (क) को प्रशिक्षण गलकोटमा गर्ने निर्णय भएको जिल्ला सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

यस्तै जिल्ला सचिवालय वैठकले पार्टीको जिल्ला कार्यालय सचिवको जिम्मेवारी जिल्ला सचिवालय सदस्य अमर बहादुर थापालाई दिएको छ । काठेखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका थापाले गत पुसमा सम्पन्न नेकपा एमालेको जिल्ला अधिवेशनमा सबै भन्दा बढी मत पाएर जिल्ला सदस्यमा निर्वाचित हुनु भएको थियो । जिल्ला कमिटि वैठकले थापालाई जिल्ला सचिवालयको जिम्मेवारी दिएको थियो ।

नेकपा एमाले ढोरपाटन नगरपालिका कमिटिमा विभिन्न कारणले नेतृत्व विहिन भएको भन्दै वैठकले गणेश कुमार थापाको संयोजकत्वमा पालिका संगठन कमिटि गठन गरेको छ । कमिटिको सहसंयोजकमा ज्ञानप्रसाद कंडेल, सचिवमा इन्द्र बहादुर घर्ति थापा, उपसचिवमा हेम बहादुर विक र फाराम बहादुर कुँवरलाई चयन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *