चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलकी दिस्पु विक जिल्ला प्रथम


आदर्श अनलाइन, बागलुङ

माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षामा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलकी दिस्पु विश्वकर्मा जिल्ला प्रथम भएकी छिन् । गलकोट नगरपालिका वडा नं १ चौराहका विकले जीपीए ३.९० ल्याएर जिल्ला प्रथम भएको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले बताउनुभयो ।

मेहनती र सृजनशिल स्वभावका दिस्पु विश्वकर्मा सानो उमेरदेखि नै पढाईमा अब्बल भएको विद्यालयले जनाएको छ । विश्वकर्मालाई कला साहित्यमा गहिरो रुचि रहेको छ ।

बागलुङ नगरपालिका वडा नं १ रामरेखामा रहेको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल एसइइ परीक्षामा धौलागिरि अंचलमा दोश्रो स्थान आउन सफल भएको छ । ५२ जना विद्यार्थीहरुले एसइइ दिएकोमा सबै जना विद्यार्थीहरुले राम्रो ग्रेड ल्याउन सफल भएका छन् ।

११ जना विद्यार्थीले एप्लस, ३२ जना विद्यार्थीले ए र ९ विप्लस ल्याएका छन् । चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले पढाई र अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिएर अगाडि बढि रहेको विद्यालयका प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *