ट्रकको ठक्करबाट २७ वर्षीय युवाको मृत्यु

आदर्श अनलाइन, पोखरा
पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा आइतबार साँझ भएको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिए लगत्तै मोटरसाइकलमा अचानक आगलागी भएको थियो । आगलागीले नेपाली जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लागिएकोमा चिकित्सकले मृत घोषणा गरेको तिवारीको भनाई छ ।

दुर्घटनामा ट्रकधनी ४१ वर्षीय क्षेत्रबहादुर कुँवर आगो निभाउने क्रममा जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ । ट्रक चालक पोखरा महानगरपालिका वडा नम्बर २५ लाम्पाटाका २४ वर्षका किरण बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *