राष्ट्रिय सहकारी महासंघले भन्यो : परिस्थिति जटिल छ, घरजग्गामा लगानी नगर्नु


आदर्श अनलाइन, काठमाडौं ।

राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई घरजग्गा क्षेत्रमा लगानी नगर्न अनुरोध गरेको छ । अर्थतन्त्र जटिलमोडमा पुगेकाले परिस्थिति सहज नभएसम्म घरजग्गासहित अनुत्पादक क्षेत्रमा ठूलो लगानी नगर्न अनुरोध गरेका हुन् ।

कोभिड महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मूल्यवृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव भएकाले सहकारीहरुले पनि लगानी विस्तार गर्दा विचार पुर्याउन आवश्यक रहेको अध्यक्ष मीनराज कँडेलको भनाइ छ ।

तरलता अभावको प्रभाव सहकारी संस्थामा समेत परेको र बचतकर्ता सदस्यहरुलाई बचत फिर्ता गर्नसमेत कठिनाई भइरहेको बताउँदै सहकारीहरुले सतर्कता अपनाउन आवश्यकता रहेको उनले बताए ।

करिब एक वर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देसखन थालेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्नसमेत निर्देशन दिएका छन् ।

पछिल्लो समय बैंकले घरजग्गा क्षेत्रमा लगानी बन्द गरेपछि सहकारीहरुबाट ऋण लिएर खरिद बिक्री गर्ने क्रम बढेको छ । बैंक तथा वित्तीय संस्थामा भन्दा केही प्रतिशत महँगो ब्याज भए पनि अवस्था सामान्य हुने अपेक्षामा घरजग्गा कारोबारीहरुले सहकारीबाट ऋण लिने क्रम बढ्न थालेसँगै जोखिम हुने डरले सहकारी महासंघले सबै सदस्यहरुलाई सचेत गराएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले घरजग्गा व्यवसायलाई कस्दै उपत्यका भित्र मूल्यांकनको ३० र बाहिरी जिल्लामा ४० प्रतिशत मात्र ऋण लिन पाउने व्यवस्था गरेको छ । जसको कारण एक वर्षदेखि संकटमा पर्दै आएको घरजग्गा व्यवसाय झनै खुम्चिँदै गइरहेको बेला सहकारी महासंघले पनि सहकारीहरुलाई त्यस्ता क्षेत्रमा लगानी गर्न कडाइ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *