अनेम संघको तीज गीत ‘चार दिदी बहिनी’ सार्वजनिक


रोहन जि.सी.,बागलुङ

नेकपा एमालेको सशक्त जनसंगठन अखिल नेपाल महिला बागलुङले महिलाहरुको महान पर्व तिजका अवसरमा तिजी गित४ दिदी बहिनी बजारमा ल्याएको छ ।

नेपाली महिलाहरुको वेदना समेटिएको तिजी गीत ४ दिदी बहिनी युट्युव च्यानल मार्फत आज सार्वजनिक भएको हो । ४ जना दिदी बहिनीहरुको स्वरमा बनेको गित आजदेखि डिजिटल स्टार च्यानल मार्फत सार्वजनिक भएको अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोराले जानकारी दिनुभयो ।

लोकदोहोरी गायिका रेणु केसीको शब्द संयोजन रहेको ४ दिदी बहिनी तिज गितमा एमाले गण्डकी प्रदेश कमिटि सदस्य हुमा कुमारी जि.सी (अञ्जु), एमाले जिल्ला सचिवालय सदस्य चित्रकला छन्त्याल श्रीस, जिल्ला सचिवालय सदस्य सरस्वती खड्का परियार र जिल्ला सदस्य रेणु केसीको स्वर रहेको छ ।

अनेमसंघको संयोजनमा साउन १२ गते बागलुङ बजारमा गितको छायाङ्कन गरिएको थियो । छायाङ्कन कार्यक्रमको शुभारम्भ नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज मन कुमारी जिसी केसीले गर्नु भएको थियो । शुभारम्भ कार्यक्रममा बोल्दै केसीले महिलाहरुका विगतका वेदना पोख्न तथा सिर्जनशिल भएर महिला मुक्तिका लागि काम गर्न गीतले प्रेरणा दिने बताउनु भएको थियो ।

दिदी बहिनीहरु तीजमा जम्मा भएर रमाइलो गर्ने क्रममा विगतका वेदना समेटिएको गितमा जेठी दिदीको जमानामा पढ्न वातावरण नभएका देखि कान्छी बहिनीले सामाजिक काम संगै पढेका विषयहरु समेटिएका छन् ।

समसामयिक विषय समेटेर निकालिएको ४ दिदी बहिनी गितको निर्देशन लोकदोहोरी गायक तारानाथ आचार्यले गर्नु भएको छ । डिजिटल स्टार रेकर्डिङले प्रस्तुत गरेको गीतको छायाकंन गणेश सापकोटा, श्रृगार बिनिता पौडेल र सम्पादन सुवास अम्गाईले गर्नु भएको छ ।

गीतको म्युजिक भिडियोमा भावना खड्का, सरस्वती परियार, लक्ष्मी खड्का, रुचि छन्त्याल लगायतले अभिनय गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *