सहकारी बैंकले शुरु ग¥यो विद्युतीय पुस्तकालय


आदर्श अनलाइन, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ ।

बैंकले स्थापना गरेको इलाइब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले साउन १९ गते उद्घाटन गर्नु भयो । बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैंकको इलाइब्रेरीमा बैंकको समग्र अवस्था, स्थानीय तह, प्रदेश र संघीय ऐन तथा नियमावलीहरु, शिक्षामलुक सामग्री, टेक्निकल टुल्स, नमुना नीति कार्यविधिहरु, तालिमका भिडियोहरु, सहकारी सम्बन्धी लेख रचनाहरु लगायतका सामग्री हेर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

बैंकले सञ्चालन गरेको इलाइब्रेरी elibrary.ncbl.coopमा गएर हेर्न सकिने गुरागाईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *