बागलुङमा सम्पति शुद्धिकरण अभिमुखिकरण सम्पन्न

आदर्श अनलाइन,बागलुङ

बागलुङमा सम्पति शुद्धिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङले आफ्नो आठौं वार्षिक साधारण सभाका पूर्व सन्ध्यामा नेफ्स्कूनको प्राविधिक सहयोगमा संघले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा संघका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सम्पति शुद्धिकरण ऐनमा रहेका विषयहरु जटिल रहेकाले सबै सहकारी संस्थाहरुले यस विषयमा जान्नै पर्ने बताउनुभयो । कानुन जान्दैन र बुझ्दैन भन्ने अधिकार व्यक्ति र संस्था दुवैलाई नरहने भएकाले सम्पति शुद्धिकरणको विषयमा सबे जानकार रहनु अत्यावश्यक भएको उहाँको भनाई थियो । पछिल्लो समयमा कालो धनलाई शुद्ध पार्न सहकारी संस्थाहरु प्रयोग भइरहेको भनी व्यापक हल्ला भएको भन्दै पौडेलले केही सहकारी संस्थालाई देखाएर सहकारी अभियानलाई नै दोष दिने कार्य गलत भएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका सञ्चालक रतन मलेपतीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा ढकालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो भने कार्यक्रम अधिकृत पवन मल्लले स्वागत र संघका सचिव ऋषिराम गौतमले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *