गैरसरकारी संस्था महासंघ बागलुङको अध्यक्षमा सापकोटा

रोहन जि.सी बागलुङ

गैरसरकारी संस्था महासंघ बागलुङको १४ औं साधारण सभा तथा ७ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । सभाले मुक्तिराम सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा मणिभद्र शर्मा, सचिवमा शालिकराम शर्मा, कोषाध्यक्षमा पम्फा किसान, सह सचिवमा कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।कार्यक्रमको उद्घाटन पछि बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले गैरसरकारी संस्था विकासको साझेदार रहेको र गैससलाई विकासको काममा संलग्न गराँउदा थप प्रभावकारी रहने बताउनुभयो ।

सुवेदीले विपन्न, लक्षित, दुर्गम, सेवाको पहँुच कम भएको स्थानमा सेवासुविधा प्रदान गर्न गैससको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेल, केन्द्रिय सदस्य जगन्नाथ शर्मा, गैसस गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष पदम पहारी, प्रदेश सचिव शिव शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु), राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाको अध्यक्षता, उपाध्यक्ष बैकुण्ठ सापकोटाको स्वागत र सचिव मणिभद्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा खोपको महत्व, औचित्य, आवश्यकता विषयकमा जिल्ला स्वास्थ्य कार्यलयका खोप अधिकृत राजु खत्रीले सहजिकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *