मध्यपहाडी लाेकमार्गको निसीखोला खण्ड अवरुद्ध

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको निसीखोला गाउँपालिका वडा नम्बर ४ स्थित कालाखेतमा खसेको ठूलो पहिरोका कारण गयरातीदेखि सडक अबरुद्ध भएको निसीखोला गाउँपालिका नम्बर ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनुभयो ।

निसीखोला गाउँपालिका पहलमा पहिरो पन्छाउने कार्य तत्कालै शुरु गर्ने वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सडक तत्कालै खुलाउनका लागि डोजर परिचलना गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

सडक अबरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाण्डौका लागि छुटेको सवारीसधानहरु अलपत्र परेका छन् । सडक खुलाएर रोकिएका यातयातका साधनलाई गन्तव्यमा पठाइनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *