अब निसीखोलाबाट सिधा पोखरा जिप सेवा संचालन

आदर्श अनलाइन, बागलुङ
बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.लिले निसीखोलामा सेवा विस्तार गरेको छ । वि.सं. २०७३ सालदेखि जिप, भ्यान र ट्याक्सी मार्फत सेवा दिँदै आइरहेको संस्थाले पश्चिम बागलुङका विभिन्न पालिकाबाट बागलुङ,पोखरा, बुटवल लगाएतका स्थानसम्म सिधा यातायात संचालन गर्दै आएको छ ।

संस्थाले निसीखोलामा कार्यालय स्थापना गरेर सेवा विस्तार गरेको छ । बुर्तिबाङदेखि बागलुङ पोखरा जिप सेवा सञ्चालन गर्दै आइरहेकोमा अब निसीखोलाको झिवाखोला बजारदेखि पोखरा सिधा जिप सञ्चालन गर्ने र मनोमानी रहेको सवारी भाडादरलाई एकरुपता दिन संस्थाका अध्यक्ष विनोद भण्डारीले बताउनुभयो ।

कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ती मगरले यातायात सेवा विस्तारले यहाँका नागरिकलाई यात्रामा सहज हुने बताउनुभयो । उनले यातायातको विकास सडकको व्यवस्थापनसँगै सवारी भाडा समेत समायोजन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिका ४ का अध्यक्ष टिकानिधी पौडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका सहायक ट्राफिक निरीक्षक विशाल परियार, संस्थाका सचिव नरबहादुर क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष विनोद भण्डारीको अध्यक्षता, उपाध्यक्ष होम बहादुर पुनको स्वागत र कर्मचारी दिपक क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *