केसीको निधनमा बगाले थापा समाजद्वारा श्रदाञ्जलीसभा


आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका–७ मल्म निवासी सुबेदार जंग बहादुर केसीको निधनमा सातसय बजाले थापा समाज मल्मले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।

सामाजिक व्यत्तित्व तथा तथा अत्यन्तै मिलनसार केसीले जीवनकालमा शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीको विकासमा सक्रिय रुपमा काम समेत गर्नुभएको थियो । केसीकोे ८९ वर्षको उमेरमा निधन भएको हो ।

मृतक केसीको निधनमा दुःख व्यक्त गर्दै सातसय बगाले थापा समाजका संस्थापक अध्यक्ष दुर्गा बहादुर थापा, समाजका अध्यक्ष दल बहादुर थापा, समाजसेवी ज्ञान बहादुर थापा, याम बहादुर थापा र महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापा लगायतले केसीले समाज रुपान्तरणको कार्यमा खेलेको भूमिका स्मरणीय रहेका बताएका थिए ।

श्रद्धान्जी कार्यक्रमको समाजका अधयक्ष दल बहादुर थापाको अध्यक्षता तथा समाजका सदस्य प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *