यस्तो छ निसीखोला अस्पतालको भाइरल तस्बिरको वास्विकता

डम्मर बुढा मगर, बागलुङ
यतिबेला एउटा तस्बिर सामाजिक संजालमा खुब भाइरल छ । जुन तस्बिर हो, निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा निर्माणाधिन पालिका स्तरीय आधारभूत अस्पतालको । एक वर्ष अगाडि निसीखोला गाउँपालिकाले केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट अस्पताल निर्माण गर्न थालेको थियो ।

गत वर्ष मंसिर १५ गते अस्पतालको शिलान्यास गरिको थियो । अस्पताल निर्माणका लागि गाउँपालिकाले १० करोड ९४ लाखको स्टिमेट गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरि जिम्मा छ । अस्पताल १० शैयाको निर्माण हुने उहाँको भनाई छ ।

आगामी २०८० पौष महिनामा सम्पन्न गर्ने गरि निर्माण सुरु भएको अस्पताल निसीखोलाको छेउमा छ । हिउँदको समयमा खास्सै जोखिममा नहरे पनि वर्षातको समयमा भने निसीखोला उर्लिएर निर्माणाधिन अस्पतालको जनिक पुग्ने गर्छ ।

केही दिन अगाडि सामाजिक संजाल फेसबुकमा आएको एउटा तस्बिरमा निर्धाणाधिन अस्पातल र त्यस नजिकै निसीखोला उर्लिएरको देखिन्छ । यस विषयमा केही व्यक्तिहरुले हस्पिटल जोखिममा रहेको भन्दै निर्माण कार्य रोक्नु पर्ने प्रतिक्रिया दिएका छन् भने केही तटबन्धन गरि संरक्षण गरि निर्माणलाई तीव्रता दिनु पर्ने मत राखेका छन् ।

निःशुल्क जग्गा व्यवस्थापन र सबैको सहमतिमा अस्पताल निर्माण
निसीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले कार्यपालिकाको निर्णय र सबैको सहमतिमा झिम्पामा अस्पातल निर्माण गर्न थालेको बताउनुभयो । उहाँले अहिले निर्माणाधिन अस्पताल ८ रोपनीभन्दा बढि क्षेत्रफलमा रहेको भन्दै यो जग्गा निःशुल्क प्राप्त भएको बताउनुहुन्छ ।

‘अस्पताल कसैको व्यक्तिगत स्वार्थमा बन्न लागेको होइन, केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन थालेको हो, पालिकाको प्रत्येक वडामा गौरवको योजनाहरु निर्माण गर्ने नीति अनुसार यहाँ अस्पताल बन्न थालेको हो, अन्य ठाउँमा पनि जग्गा खोजियो, निःशुल्क पाउन सकिएन यो ठाउँमा यहाँका स्थानीयहरुले निःशुल्क आठ रोपनीभन्दा बढी जग्गा दिनुभयो’ निवर्तमान अध्यक्ष पौडेलले भन्नुभयो ‘खोलाको सेन्टरको हिसाबले पनि यो ठाउँ सेन्टरमा रह्यो त्यसले गर्दा यहाँ हस्पताल निर्माण गर्न सुरु भएको हो ।

पौडेलले अस्पताल खोलाको छेउमा भए पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले तटबन्धन गर्न सके सुरक्षित हुने बताउनुभयो । उहाँले गाउँपालिकाले जग्गा छनोट गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतको टोलीले त्यस ठाउँको निरीक्षण गरि अस्पताल निर्माणका लागि उपयुक्त भएको भनेपछि आफूहरुले निर्माण अगाडि बढाएको बताउनुभयो ।

‘अहिले बन्न थालेको अस्पताल खोलाको छेउमा छ, अहिले विरोध गर्नेहरु पनि यहाँ अस्पताल बनाउने बेला सहमति जनाएका थिए, अस्पताललाई जानजान जोखिममा पर्ने काम त कसले गर्छ र ?, अहिले जसरी जोखिम–जोखिम भनेर एउटा तस्बिरलाई हेरेर वादविवाद भएको छ नि फिल्डमा आएर हेर्दा त्यस्तो छैन,’ उहाँले भन्नुभयो ‘गाउँपालिकाले तटबन्धन ग¥यो भने अस्पताल कुनै पनि हालतमा जोखिममा पर्दैन, हामीले पनि गत वर्ष तटबन्धन गर्ने छलफल गरेका थियौँ, पालिकाले अब तटबन्धनलाई जोड दिनु पर्छ ।’

अस्पताल बनाउन १५ जना स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् । अस्पताल विशेषगरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्ने छ । झिम्पा गाउँको फेँदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका हजारौँ नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने अपेक्षा लिइएको छ ।

अस्पताल क्षेत्रको संरक्षण जसरी पनि गछौँ–वडा अध्यक्ष पौडेल
निसीखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले जग्गा व्यवस्थापन नहुँदा यो ठाउँमा अस्पताल निर्माण गर्न थालेको बताउनुभयो । उहाँले अस्पताल बन्ने स्थल खोलाको जोखिममा रहे पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो ।

‘अस्पताल बनाउनका लागि धेरै ठाउँमा जग्गा जोखयो, अन्तिममा यहाँ जग्गा निशुल्क पाइयो, नागरिकलाई सेन्टर पनि पर्ने, अलिकति खोलाको डर हो, त्यसको लागि त्यति धेरै समस्या छैन,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘अस्पतालको संरक्षणका लागि गाउँपालिकाले तटबन्धन गर्ने भएको छ, यहाँ तटबन्धन गर्नका लागि २० लाख रुपैयाँ विनियोजन समेत भएको छ, सामाजिक संजालमा होहल्ला गरेर केही हुँदैन, बरु यसको संरक्षण कसरी गर्न सकिन्छ बन्न विषयमा बहस गरेको राम्रो हुन्छ ।’

उहाँले अस्पताल क्षेत्रलाई खोलाको जोखिमबाट हटाउन गाउँपालिका गम्भीर भएर लागेको भन्दै यस विषयमा अनावश्यक अफवाह नफैलाउन समेत आग्रह गनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *