निवृत्त राष्ट्रसेवक समाज नेपाल बागलुङको अध्यक्षमा श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
निवृत्त राष्ट्रसेवक समाज नेपाल बागलुङको प्रथम जिल्ला परिषद् मंगलबार सम्पन्न भएको छ । जिल्ला परिषदबाट लक्ष्मण कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय निवृत्त राष्ट्र सेवक समाज नेपाल बागलुङ जिल्ला कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा भिमा अधिकारी, सचिवमा सुरेन्द्र बहादुर थापा क्षत्री, सहसचिवमा रवि प्रसाद शर्मा, कोषाध्यक्षमा इश्वर प्रसाद श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै निवृत्त राष्ट्रसेवक समाज नेपालका केन्द्रिय सदस्य हिराबहादुर के.सी र गोविन्द पौडेलले निवृत्त राष्ट्रसेवक समाज नेपाल सम्पुर्ण राष्ट्रसेवकहरुको साझा संस्था हो, हामी सम्पुर्ण निवृत्त राष्ट्रसेवकहरु एकजुट भई हक हित र अधिकारका लागि आवाज उठाउन पर्ने आवश्यक रहेको बताउनुभयो । वक्ताहरुले राष्ट्रका लागि उर्जाशील जीवन समर्पण गरेको छौं र अझैं पनि हामी राष्ट्रसेवाका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता निवृत्त राष्ट्रसेवक समाज नेपाल बागलुङका कार्यवाहक अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन भएको थियो ।

विभिन्न सरकारी कार्यालय, संघसंस्था, सुरक्षा निकाय लगायतमा आफ्नो उर्जाशील समय, योग्यता, क्षमता, श्रम समर्पण गरी आ–आफ्नो सेवा क्षेत्रबाट निवृत्त भएका राष्ट्रसेवकहरुको साझा संस्थाको रुपमा निवृत्त राष्ट्रसेवक समाज नेपाल गठन गरिएको हो ।

यो पनि पढ्नुहोस्