परिक्षास्थलमै ट्राफिक सचेतना

आदर्श अनलाइन, बागलुङ
जिल्ला ट्राफिक कार्यालयल बागलुङले ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउदै लगेको छ । दुर्घटना नियन्त्रणका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले सवारी चालक अनुमतीपत्र (लाइसेन्स)को परिक्षा स्थलमै पुगेर ट्राफिक सचेतना कार्यक्रम गरिरहेको छ ।

जिल्लाका दुर दराजका विद्यालय तथा सडकमै ट्राफिक सचेतना गर्दै आएको ट्राफिक प्रहरीले अहिले परिक्षास्थलमै ट्राफिक सचेतना प्रदान गर्दा निकै सहज तथा प्रभावकारी भएको जनाएको छ । साविक धौलागिरीको पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लाका सवारीसाधनको अभिलेख, व्यवस्थापन तथा दुई पाङ्ग्रे सवारीचालक अनुमती पत्र प्रदान गर्दै आएको धौलागिरी यातयात व्यवस्था कार्यालय बागलुङ संगको सहकार्यमा कार्यालयले लिने सवारी चालक अनुमती पत्रको लिखित तथा ट्रायल परिक्षा स्थलमै पुगेर परिक्षार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गर्दै आइरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राज कुमार केसीले जानकारी दिनुभयो ।

मोटरसाईकल धनीहरु सवारीचालक अनुमती पत्रका लागि परिक्षा दिन आउने धौलागिरी यातयात व्यवस्था कार्यालय र ट्रायल दिने बागलुङ नगरपालिका–१ रामरेखा स्थित माझी बस्तीमै पुगेर लाइसेन्स नभई सवारी चलाउदाको कानूनी समस्या, जरिवाना तथा दुर्घटनाको समयमा हुन सक्ने क्षतिका विषयमा जानकारी गराइदै आइएको छ ।

“हामीले सडकमा छड्के चेकजाँचका क्रममा तथा विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सचेतना नियमति रुपमा प्रदान गर्दै आइरहेका छौं, तर यातयात व्यवस्था कार्यालयमा अउने सेवाग्राहीहरु जो संग सवारीधनी हुन्छ उनिहरुलाई परिक्षास्थलमै ट्राफिक सचेतना गराउदा निकै प्रभावकारी हुने देखियो” ट्राफिक प्रमुख केसीले भन्नुभयो “लिखित तथा ट्रायल परिक्षा दिन आएका सेवाग्राहीहरुलाई सवारीसाधन चलाउदा अपनाउनु पर्ने सावधारी, लाइसेन्सको महत्व तथा ट्राफिक नियम र चिन्हका विषयमा जानकारी गराएका हुन्छौं ।”

प्रशिक्षार्थीहरुलाई लिखित तथा प्रयोगात्मक परिक्षामा ध्यान दिनुपर्ने कुराहरु, ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिन्हहरु, सडक रेखाहरु, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षित तरिका लगायत सवारी नियम कानुन सम्बन्धी ट्राफिक सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

प्रहरीले ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कार्वाही सैगै सचेतना समेत गर्दै आएको हो । कार्यालयले ट्राफिक नियमको उल्लघन गर्नेलाई कार्वाही गरेर गत आर्थिक वर्षमा रु. ७० लाख राजश्व संकलन गरेको छ । ठूलो आवाजमा सवारी चलाउने मोटरसाईकलहरुलाई पक्राउ गरेर कार्वाही गर्ने गरेको छ ।

कारवाही बढाएर मात्रै नभएर ट्राफिक सचेतना समेत गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय बागलुङमा दुर्घटनामा समेत कमी आएको जनाएको छ । सचेतना प्रदान गर्ने अभियान अन्र्तगत विद्यार्थीलाई कक्षामै पुगेर, समुदायीक सेवा मार्फत, सवारी चालकलाई कक्षा, व्यवसायी र चालक परिचालकहरुलाई, सर्वसाधारण, अन्तरक्रिर्या तथा गोष्ठी मार्फत, ट्राफिक दिवसको अवसरमा, माइकिङ, चालक र यात्रु मैत्री कक्षा र पोर्चा पम्पलेट मार्फत ट्राफिक शिक्षा प्रदान समेत गर्दै आएको छ ।

ट्राफिक प्रमुख केसीका अनुसार ट्राफिक कार्वाही र राजश्व संकलन मात्रै नभएर गत आर्थिक वर्षमा ७५७ पटक ट्राफिक सेचतना गर्दा २३ हजार ८५२ जनालाई ट्राफिक नियम सम्बन्धी सेचतना दिइएको छ । गत तीन वर्षको तुलनामा २०७६÷०७७ सालमा ५ हजार ७२ जनालाई ट्राफिक सचेतना गरेको कार्यालयले २०७७÷०७८ सालमा ११ हजार ८०७ जनालाई सेचतना गरिएको छ । सचेतनाको कार्यक्रम वर्षेनी वृद्धि हुँदा बागलुङमा ट्राफिक नियम उल्लङ्घनका घटनामा क्रमश कमी आउन थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *