भ्रमण बर्ष, गण्डकी प्रदेश र गन्तव्य

नेपाल भ्रमण बर्षको सुखद शुरुवात भएको छ । राजधानीको दशरथ रंगशालामा भव्य समारोहका बीच उद्घाटन गरियो भने सात वटै प्रदेशमा पर्यटन बिशेष कार्यक्रम सहित भ्रमण बर्षको शुरुवात भएको सन्देश प्रवाह गरिएको छ । अंग्रेजी नयाँ बर्ष २०२० को शुभारम्भ सहित एक महत्वकांक्षी लक्ष्य सहित भ्रमण बर्ष शुरु भएको छ । बहुप्रतिक्षित घोषणा र २० लाख पर्यटक भित्राउने लक्ष्य महत्वंकाक्षी भनिएको छ । सन् २०१९ मा १२ लाख हाराहारीमा पर्यटक भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । यस हिसाबले अबको बर्ष ८ लाख पर्यटक बढी भित्राउनु पर्ने गरि अहिले उद्घोष गरिएको छ । यो आँफैमा चुनौति र अवसरको बीचमा हुनेछ ।

नेपाल भ्रमण बर्ष घोषणा गर्नु आँफैमा उपलब्धि होइन । तर, यतिचाही भन्नुपर्छ की समृद्धिको सपना भेट्न र देख्नका लागि यस्तो खालको सोच, उद्धेश्य, दृढ इच्छा शक्ति र उद्घोष जरुर थियो र छ । जुन अहिले उद्घोष या प्रयास भएको छ । यो राम्रो कुरा हो, फेरी पनि दोहोराएर भन्नुपर्छ यो उपलब्धि होइन । उपलब्धि त्यतिबेला ठहरिनेछ या देखिनेछ की जतिबेला पर्यटन समृद्ध मुलुक निर्माणका लागि पर्यटन महत्वपूर्ण आधार बन्दछ । सरकारले अहिले निर्धारण गरेको २० लाख पर्यटक भित्रिन्छन् । रेमिट्यान्स आकर्षणले बढेको बिदेशी मोह रोकिएर आफ्नै गाउँ ठाउँमा अनेक अवसर र सम्भावनाको खोजी हुन पर्यटन विकासले कसीको रुपमा काम गर्नेछ । यसका लागि नेपालमा प्रशस्त सम्भावना र आधार स्वभाविक छ । त्यो प्राकृतिक सुन्दरताका हिसावले बिश्वकै अग्लो सर्वाेच्च शिखर सगरमाथादेखी मनमोहक लाग्ने दृश्य र छटाहरुले भरिपूर्ण नेपाल राम्रो गन्तव्य बन्ने सामथ्र्य राख्छ । नेपाल भित्रको प्रादेशिक रुपमा हाम्रो गण्डकी प्रदेश भित्र अझ बढी पर्यटकीय सम्भावना देखिन्छ । प्रदेशले पर्यटन बर्षको पूर्ववत तयारी, प्रचार प्रसार शुरु गरे पनि अझ थप ठोस योजनाको आवश्यक छ । जसले नेपालमै सबै भन्दा बढी पर्यटकीय सम्भावना बोक्ने गण्डकी प्रदेशले राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा सुखद सन्देश दिन सकोस् । त्यस भित्रको बागलुङको कालिका मन्दिर, नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन मात्र होइन अब, दुर्लभ शालिग्राम संग्राहलय, सर्वसिद्धिधाम पञ्चकोट लगायतका पर्यटक आकर्षित गर्न सक्ने दर्जनौ पर्यटकीय क्षेत्र पनि छन् । अब यसबीचमा आन्तरिक र बाह्य पर्यटक आगमन गराउने थप पर्यटकमैत्री पूर्वाधार, प्रचार प्रसार र हाम्रा मौलिकता सँस्कार सँस्कृतिहरुको पुर्नजागरण पनि जरुरी छ ।

भ्रमण बर्षले राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा सुखद सन्देश प्रवाह गरेको छ । नेपाल भित्रका प्रदेश, जिल्ला र गाउँ नगरहरुमा पनि यसले उत्साहको सञ्चार गरेको छ । भ्रमण बर्षमा पाहुना पर्यटक बोलाउने काम त हुनेछ नै । यो बर्ष पर्यटकको स्वागतको बर्ष मात्रै होइन, पर्यटन पुर्वाधार र पर्यटनमैत्री बातावरण निर्माणका लागि अभुतपूर्व भुमिका भ्रमण बर्षले खेल्नेछ । किनकी, अब कृषिसँगै मुलुकको समृद्धिको महत्वपूर्ण आधारको रुपमा पर्यटनमा सर्वत्र सम्भावना खोज्न थालिएको छ । यसले सुखद परिणाममै निकाल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । भ्रमण बर्ष घोषणाहरुको लहड मात्र बन्ने छैन । यो घोषणा यस्तो घोषणा बन्नेछ र बनोस् की नेपाल र हर नेपालीले मुलुकको कायापलटका लागि आधार बर्ष बनोस् । यसका लागि सरकार, ठुला निकाय र ठुला पदमा पुगेकाहरुको भुमिका त बढी हुन्छ नै । हामी हर नागरिकले पनि आफ्नो ठाउँ र सिंगो नेपालको राम्रो सन्देश फैलाउ । नराम्रा कुराहरु आपसमा औल्याउ । र नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा सफल पारौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *