राजनीति छोडेर बाख्रापालनमा होमिए पुन

दिपेन्द्र परियार, बरेङ
सानै उमेरदेखि राजनीतिमा लाग्नु भएका बरेङ गाँउपालिका वडा नम्बर २ हुग्दिसिर सिग्दीका हिरा बहादुर पुन लामो समय राजनीतिमा लागेर परिवर्तनका लागि क्रान्ति गर्नु भयो । तर अहिले उहाँको दैनिकै निकै फरक तरिकाले चलि रहेको छ । देशको राजनीतिक अवस्था र व्यवस्थादेखि दिक्क भएर उहाँ राजनीतिभन्दा बेग्लै रहेर व्यवसायिक कृषि पेसामा लाग्नु भएको छ ।

पुनले निकै वर्ष राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्नु भएका पुनको दैनिकी बाख्राका पाठापाठीहरुको स्याहारसुसार गर्दै बित्ने गरेको छ । पुनलाई राजनीतिमा पदको अफरहरु पनि नआएका होइनन् । पुन जहिले पनि समाज परिवर्तन र व्यवस्था परिर्वतन बाहेक अरु सोच्नु भएन । अहिले राजनीतिभन्दा अल्लि टाढा रहेर व्यवसायिक बाख्रापालनमा होमिनु भएको छ ।

पुनले समाज सेवा गर्न सबैभन्दा पहिले आफू दरिलो हुनु पर्ने भन्दै आफूदरिलो नभएसम्म समाज सेवा गर्न कसैले नसक्ने बताउँनुभयो । ‘समाज सेवा, राजनीति जे गरे पनि पहिले आफू दरिलो हुनु पर्दो रैछ, आफू कमजोर भएर समाज परिवर्तन हुन सक्दो रहेनछ, समाज सेवा गरेपछि समाज पुरै बदलिन्छ परिवर्तन हुन्छ भन्ने हाम्रो बुझाई थियो तर जीवनन जिउँदै जादा त्यस्तो नहुँदो रैछ’ पुनले भन्नुभयो ‘राजनीतिमा स्थापित हुन पहिले आफु कुनै एक पेशामा सफल हुन जरुरी छ भन्ने मेरो भोगाइले सिकायो, पहिले आफुले केहि नगरे पनि गफ गरेपछि सबैले पत्याउने अवस्था थियो तर अहिले परिसस्थति त्यस्तो छैन, बोलेका कुराहरु व्यवहारमा लागु नगरे जनताले नेताहरुलाई पत्याउदैनन, पहिले आफ्नो अवस्था मजबुद बनाउने, अनि बल्ल समाज र राष्ट्रको कुरा हुदो रैछ हामीले त्यतिबेला उल्टो कुरा गरिएछ ।’

पछिल्लो समय राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको बोली व्यवहार र कार्यशैलीले आफु वाक्क परेको भन्दै अबको बाँकी समय बाख्रापालन गरेरै बिताउने र सफल कृषक बनेर देखाउने सोचमा पुन हुनुहुन्छ । बाख्रापालनबाट आम्दानी मात्रै नभएर गाँउमा रहेको बाझो जग्गा पाखापखेराको समेत राम्रो सदुपयोग गर्न सकिने पुनको भनाई छ ।

‘अहिले धेरै जसो युवाहरु विदेश छन्, गाउँमा भएकाहरु पनि जाने तयारीमा छन्, गाउँमा रहेको उर्वर भूमिमा बनमाराले ढाकिएका छन्, म गाँउमा जन्मेहुर्केको मान्छे घर वरिपरि प्रसस्त पाखापखेराहरु छन्, यिनीहरुको सदुपयोग गर्छु’ पुनले भन्नुभयो ‘मेहनती बन्न सके गाँउमा यो व्यवसायबाट राम्रै आम्दानी लिन सकिदो रैछ ।’

१ वर्ष अगाडि लकडाउनको समयमा लेकाली बाख्रा फर्म दर्ता गरेर एक लाखको लगानीमा सुरु गरेको बाख्रापालन अहिले फस्टाउँदै गरेको उहाँको भनाई छ । १२ व्यवसायलाई थप व्यवस्थित गर्न पुनले साढे तीन लाखको लगानीमा आधुनिक खोर निमार्ण गर्नु भएको छ ।

परम्परागत तरिकाले बाख्रापालन सुरु गर्नु भएका पुनले अहिले आधुुनिक शैलीबाट बाख्रापालन सुरु गर्नु भएको छ । खोरमा बाख्रा पालन गर्दा पानी पर्दासमेत खोरमै दाना खुवाउन मिल्ने र घाँस खेर नफाल्ने तथा बाख्राहरु पनि स्वस्थ रहने र काम गर्न निकै सजिलो हुने उहाँ बताउनुहुन्छ ।

अहिले पुनको फर्ममा साना ठुला गरि ४५ बाख्राहरु रहेका छन् । पुनलाई गाँउपालिकाले ५० प्रतिशत अनुदानमा ५० प्रतिशतको ब्याठे बोयर बोका र माउसमेत दिएको छ । पुनले अब विस्तारै प्रतिफल समेत प्राप्त गर्न थालेको बताउनुहुन्छ । स्थानीय जातका माउपाठाहरु आफ्नो फर्ममा राम्रा भए पनि पुनलाई बोयर बोका र माउ पाल्ने ठुलो रहर छ ।

‘मैले आफै लगानी गरेरै भए पनि बोयर जातका बाख्रा पाल्ने कोसिस गरे, तर कतै पनि त्यस्तो बिस्वासीलो ठाँउ पाउन सकेको छैन, नेपालकै ठुलो फर्म बन्दिपुरमा रैछ त्यहाँ पनि कोसिस गरे तर त्यहाँ पनि पहिल्यै बुकिङ गर्नु पर्दो रहेछ’ उनले भने ।

कृषकले ऋण धन गरेर जोहो गरेका बाख्राको बीमा गर्ने कार्यक्रम पनि पालिकाले ल्याउन नसक्नु निकै दुखद भएको उहाँको गुनासो छ । ‘बरेङमा म जस्ता कैयौ पशुपालक कृषकहरु छन, हाम्रो धन सम्पत्ति जे भने पनि यहि फर्म हो, यिनै बाख्रा हुन्,’ उहाँले भन्नुभयो ‘माउ बाख्रा पाठापाठी बिरामी हुन्छन्, गाँउमा भनेको बेलामा प्राबिधिक हुदैनन्, औषधी हुदैन, हेर्दाहेर्दै मर्छन्, सरकारले सहयोग गर्न सके हामीलाई सहज हुन्थ्यो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *