त्रिशूलीमा ट्रक खस्यो

आदर्श अनलाइन, काठमाडौं

मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए ।

ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन । ट्रक नदीमा डुबेकोले नम्बर पनि खुलेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *