बडिगाडमा बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बडिगाड डोजोले आज एक कार्यक्रमका बीच बल्याक बेल्ट दिक्षान्त तथा ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ७२ जना खेलाडि सहभागि ग्रेडिङ कार्यक्रममा हवाईट बेल्टतर्फ ६० जना, ओरेन्ज बेल्टतर्फ ८ र ग्रिन बेल्टतर्फ ४ जना सहभागि थिए ।

सो अबसरमा बडिगाड गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले बडिगाड डोजोले खेल क्षेत्रमा अभिन्न भुमिका निवार्ह गरेको बताउदै आगामि दिनहरुमा पनि खेल क्षेत्रको सफलताको लागि वडा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले सबै खेलाडि र खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने अभिभावकलाई धन्यवाद दिदै खेलाडिलाई पारिवारिक सहयोग पनि निरन्तर गरिरहन र हौसला थप्न पनि आग्रह गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *