राम सुवेदी
राजनीति सम्भावनाको खेल पनि स्वीकार गरिएको छ । नेपाली राजनीतिमा सत्ता चलाउन भिन्न पार्टिबीच कोलाब्रेसन गरेको पुरानो अभ्यास हो । गत पाँच वर्षअघि तत्कालिन एमाले, माओवादी र अन्य साना बामपार्टिहरुबीच चुनावी कोलाब्रेसन समेत गरि ‘बम गठबन्धन’ को अभ्यास भयो । कम्युनिष्ट विचार मिल्नेहरुकबो कोलाब्रेसन र त्यसमाथि उनीहरुको स्थायी सरकारको नारा प्रति जनताको मत एकीकृत भयो । झण्डै दुईतिहाई सरकारको नजिक पुग्दै गर्दा संयुक्त गठबन्धन गरेका दुई दल नेकपा भएर एक दल समेत बन्यो । सत्ता स्वार्थकै लागि बनेको गठबन्धन र त्यसपछि बनेको दल नेकपामा सत्ता स्वार्थको आपसी बेमेलले त्यो चकनाचुर भयो ।
अल्पमतमा पुगेको कामचलाउ ओली सरकारले संविधानको मर्म विपरित दुई÷दुई पटकसम्म संसद भंग गरिदिएपपछि संसदबाटै पाँन्च दलीय काँग्रेस कम्युनिष्टको पाँच दलीय गठबन्धनको जन्म भयो । जस्ले स्थानीय तह निर्वाचनमा गठबन्धनबाटै एमाले विरुद्धको परिणनाम ल्याएको दावी गरेको छ । अहिले सरकारले आमनिर्वाचन घोषणा गरेसँगै पाँच दलीय गठबन्धन भित्रका राजनीतिक दलहरुसँगै तालमेल अर्थात गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका छन् ।
राजनीतिमा नीति, सिद्धान्त र एजेण्डा फरक फरक भएका कारण दलहरु अलग अलग भएका हुन् । भिन्न एजेण्डा मार्फत जनतामा जने र त्यही एजेण्डा, नीति कार्यक्रम जनताबाट अनुमोदित गराउन निर्वाचन प्रक्रिया अपनाइएको हुन्छ । तर यहाँ त दलहरुनै साँठगाँठ गरेर सत्तामा अडिन र स्वार्थ पूरा गर्न प्राविधिक रुपले जसरी नि जित्ने निर्वाचन गठजोड गरिरहेका छन् । यसको मतलब जनतालाई जसरी पनि गठबन्धनमा भोट हाल्न बाध्य बनाउँदैछन् । यो दलीय व्यवस्था हो वा साँठगाँठको निर्दलीय अभ्यास के हो ? आम नागरिकलाई वालिक मताधिकार प्रयोग गरि आफूले रोजेको रुचाएको दलका प्रतिनिधि छान्ने अधिकारका लागि मताििधकारको प्रयोग गर्ने कि दलहरुको सत्ता स्वार्थका लागि बाध्य पारिएको गठजोडमा मत हाल्ने ? त्यसको निक्र्यौल राजनैतिक ढंगले नै यसपटक पेचिलो हुनेदेखिएको छ ।
स्थानीय तहको निर्वाचनमा देशका कतिपय महत्वपूर्ण ठाउँहरुमा दलीय प्रतिनिधि हारे । चाहे गठबन्धन होस् चाहे एकल दलका प्रतिनिधि । कारण दलहरुले चलाएको वर्तमान राज्य व्यवस्था जनमुखी भएन । दलमुखी र नेतामुखी देखियो । जनताद्वारा चुनिएका प्रतिनिधिहरु निर्वाचित भएपछि आफ्नो मनमोर्जी गरे । नीति, सिद्धान्त र कार्यक्रम नमिल्नेहरु सत्ता स्वार्थमा एकजुट भएर राष्ट्रको राजस्वमा ब्रह्मलुट चलाए । उनीहरुसँग देश बनाउने एजेण्डा भएन । नेता बनाउने, पार्टिको प्रतिनिधित्वमा बेमेल अपवित्र साँठगाँठ गर्न पछि नपर्ने वा जे पनि गर्न लाज शरम नमान्ने प्रवृत्ति विरुद्ध नागरिकले दलविहिन प्रतिनिधि अर्थात स्वतन्त्र उमे्दवारहरु रोजेका हुन् । अब पनि गठबन्धनका नाममा दलका नेताहरुको स्वार्थशिद्ध हुने खेति हो वर्तमान गठबन्धन र त्यसका उमेद्वार त्यस्तै फतुर आउनेवाला छन् । वर्षौसम्म सत्तामा राज गरेका तर देश र जनताकालागि माखो नमारेका फतुर मान्छेहरु गठबन्धनको बलमा देश खाने, बर्वाद गर्ने र जनताका्े जीवनस्तरमाथि खेलवाड गर्नेहरु निर्वाचनमा आउने पक्कापक्की छ । यिनीहरु दलीय हैसियतमा छैनन र गठबन्धन दल होईन निर्दल नै हो । किनभने दल भनेको आफ्नो नीतिमा हुन्छ । शिद्धान्त र विचार सहित हुन्छ । सबै भडखालेमा आलेर जनमतमाथि ब्यालमेलिङ गर्नेहरुको साँठगाँठ गठबन्धन हो । कुरा सिधा छ । एक्लै निर्वाचनमा गएर जनताले पत्याँदैनन् भन्ने डरभएका छेरुवाहरुको अपवित्र गठजोड जो अज सरकार चलाइरहेको छ र यसले जनतामा दिएको प्रतिफल हेरेर जान्नु पर्दछ कि यो विउले फल दिन्न । यो नफल्ने वृक्ष ने हो । जस्को झल हुन्छ, फल हुँदैन ।
यी सबै घटनाक्रम हेर्दा सबै राजनीतिक दल आमनिर्वाचनमा जाँदै छैनन । उसो त एमाले समेत पटकपटक सत्तामा बसेर देश बनाउने एजेण्डाबाट चुकेको छ । उसले पनि सत्ता राजनीतिलाई केन्द्रमा राखेर गठजोडको हिसाबकिताबमा गरिरहेको छ । संसदीय राजनीतिको भासमा परेका कम्युनिस्टहरूको माक्र्सवाद, लेनिनवादले चुनावमा पटकपटक झ्याली पिट्यो । जनता ततायो । गरिव निमुखाको राज्य व्यवस्था आउँछ भनेर ज्यान समेत लियो । तर परिणाम जनतामा आएन नेतामा र उनका परिवारमा आयो । चाहे त्यो ठूलो पार्टि भनिने वा सानो पार्टिको अस्तितवमा रहेको कम्युनिष्ट होस् र सबैमा यो कहानी बेजोडले जमेको छ ।
प्रजातान्त्रिक भजन गुनगुनाएर नथाक्ने काँग्रेस आफैमा मल्टिपार्टी हो । यहाँ विचार छैन । थुप्रै वर्ष भयो । नीति र कार्यक्रम पनि नयाँ ल्याउँदैन । विपिले कुन बेला भनेको भाषण, उनले लेखेको लेख र उसबेलाको नीति कार्यक्रममा गणतन्त्रात्मक व्यवस्थासम्म स्वीकार गरेर राजतन्त्र भुल्यो, त्यहाँभन्दा प्रगति शून्य नै छ । तर सत्ता स्वार्थका लागि काँग्रसभित्र अन्तरपार्टि थुप्रैछन् । त्यसलाई राजनीतिमा गुट भन्छन् । जो अहिलेको गठबन्धन जस्तै हो । मौका मिल्दा स्वार्थले जो जोसँग मिलेपनि फरक पर्दैन । जस्ले जनतामा स्थापितख राजनीति गर्ने, जनभावना अनुसारको नीति कार्यक्रम र सरकार चलाउने भन्ने के आसा गर्नु छ र ? सबैले देखे जानेको कुरा भयो ।
यो गठबन्धनको मूल उद्धेश्य मिलेर सत्तामा रजाई गर्नेनै हो । देशमा सुशासन ल्याउने, देश बनाउने, जनतालाई राज्य भएको प्रत्याभूत गराउने ठोश कर्म यिनीहरुबाट हुँदैनख र सम्भव पनि छैन । मात्र डर के रह्यो भने, गठबन्धनलाई एमालेले जित्ला र हामी सत्ताधारीलाई पछार्ला भन्ने उता एमालेलाई, यि सत्ताधारीलाई पछारेर आफू अघि आउन पाए भन्ने नै हो । अझ अर्को डर आफ्नो कर्मले चाउरिएका सबैखाले पार्टिहरुलाई नागरिकले स्वतन्त्रतिर मतदान गरिदिएपछि निदहराम भएकै छ । भएन युवापंत्तिले पुराना पुस्ता स्थानान्तरण गर्न देश सञ्चार गरिरहेको अवस्थामा दशकौंदेखि राज्यको वरपर खाइखेलेका बडेबाहरुलाई अर्कै पीर छ । कतै चुनावको हुण्डरीले तह लाईने हो कि ?
त्यसकारण निर्वाचन मार्फत जनताले आफ्नो स्वतन्त्र अभिमत जाहेर गर्ने हो । करकाप र बाध्यकारी बनाएर जनमतमाथि कुनैखालको गठजोड आवश्यक छैन र हुँदैन । नेता र पार्टिहरुको स्वार्थले नराम्रा मान्छेलाई सत्ताको भर्याङ उकाल्नु पछै भन्ने छैन । मौका आउँदा केही नगर्ने, सत्ताको बागडोर फुत्किन्छ कि भनेर बनेको गाई र राँगाको जन्ति जान जनता बाध्य हुनुहुँदैन । राम्राहरु गडबन्धन वा वर्तमान राजनैतिक दलहरुको कर्म विग्रेका बेला स्वतन्त्र ढंगले पनि जनताका प्रतिनिजधि बन्ने अर्को मौका पनि यही हो । किन यि यिनीहरुबाट देश बनेन । अव बनाउनेहरु जागरुक हुनुपर्छ । दलीय प्रतिस्पर्धाबाट अहिलेका दलहरुनै निर्दलीयताको अभ्यासमा अभ्यस्त भएपनि स्वपतन्त्र नागरिका छोरोछोरीहरु स्वतन्त्र उमे्दवार भएर यो देश बनाउनु पर्छन । हाकिम जनप्रतिनिधि धैरै बेहोर्यौं । जनमतबाट जनताका मालिकहरु भोग्यो, चेत्यौं । अव त्यो चेत दलहरुलाई यही निर्वाचनबाट दिनुपर्दछ कि दलहरु दल नै हुन निर्दलीयताको प्रतिनिधित्व गठबन्धनले गरिरहेको छ । त्यो जनताको आवश्यकबता होइन । अनावश्यक ठानिएको अभ्यास बन्द गराईराख्नु पर्दछ ।