बागलुङ नगरको सेवा घुम्ती शिविर मार्फत वडामै

आदर्श अनलाइन, बागलुङ

योजना सम्झौतामा यस वर्ष उपभोक्ताले सहजरुपमा सेवा लिनेछन् । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर आइतबारदेखि गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचय पत्र, वित्तिय साक्षरता र माटो परिक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो ।

सम्झौता बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भए सँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गर्न थालेको छ । नगरपालिकाले आज रायडाँडा घुम्ती सेवा शिविर सञ्चालन शुरु गरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । घुम्ती सेवा शिविरको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा नगरउपप्रमुख खड्काले अपाङ्गता परिचयपत्र वितरण गरेर सेवा शुभारम्भ गर्नुभएको थियो ।

No description available.

भदौ २४ गते भित्र नगरभित्रका १० वटा वडामा घुम्ती शिविर सम्पन्न हुँनेछ । विषेश गरी सदरमुकाम भन्दा बाहिर ग्रामिण क्षेत्रमा रहेका वडाहरुका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी आईतबार देखी घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगर उपप्रमुख खड्काले बताउनुभयो ।

शिविर मार्फत वडामा संचालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताको लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठको भनाई छ । नगरपालिकाले विषेश गरी ग्रामिण क्षेत्रमा रहेका वडा नं. ५, देखी वडा नं. १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर संचालन गर्न थालेको छ ।

शिविरमा योजना सम्झौतका साथमा स्वास्थ्य सेवा शिविर, माटो परिक्षण, अपाङ्गता परिचय पत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तिय साक्षरता, बालमैत्री नगरपालिका पुर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाह लगायतका कार्यक्रम पनि गाउँमै पुगेर दिन थालिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

“भुगोलको हिसावले नगरक्षेत्र भित्र केही टाढा रहेका वडा समेत छन् उनिहरु नगरमा योजना सम्झौता तथा अन्य सेवा लिनका लागि असहज भएको हामीले महशुस गरेका थियौ” श्रेष्ठले भन्नुभयो “अब नागरिक नगरपालिकामा हैन नगरपालिका नागरिककोमा पुग्न पर्छ भन्ने हाम्रो अभियान हो ।”

No description available.

आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम अनुरुप सवै योजना कार्यान्वयन गर्नका लागि शिविरले ठुलो भुमिका पु¥याउने विश्वास लिएको भन्दै नगर उपप्रमुख राज खड्काले ८० प्रतिशत योजना वठामै सम्झौता गर्ने जनाउनुभयो ।

आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त योजना सम्झौता लगायतका काम अगाडी बढाईएको छ । शिविरमा सेवा प्रदान गर्नका लागि नेपाली सेना लागायतका विभिन्न कार्यालय र संघ संस्थाले सहयोग गरेका छन । शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । आगामी मंसिर मसान्त भित्र सवै योजना सम्झौता गरी काम अगाडी बढाउने गरी नगरपालिकाले योजना बनाएको छ । शिविरमा योजना सम्झौता पश्तात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको सापकोटाले बताउनुभयो ।

वडा भित्रका टोल अर्थात साविकको वडामा टोल समिति बनाएर सोही टोल समिति मार्फत योजनाका काम अगाडी बढाईने सापकोटाले बताउनुभयो । टोल विकास समितिले ५ लाख सम्मको योजनाको काम गर्न पाउनेछन । काम सम्पन्न भएर सवै वडा तहमै अनुगमन भए पश्चता नगरपालिकाले भुक्तानी दिने छ ।

नगरपालिले यस वर्ष देखी १० लाख सम्मको योजना वडा तहबाटै अनुगमन गर्न मिल्ने बनाएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । प्रत्येक वडामा प्राविधिक खटाएर १० लाख सम्मका योजना वडा अध्यक्ष र वडा सचिव सहितको टोलीले अनुगमन गरी सिफारिस गरेको आधारमा नगरपालिकाले भुक्तानी दिने उपप्रमुख खड्काले जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्था माफर्त योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफुले जिम्मा लिएको काम ठेक्का लगाउन नहुने आफैले गर्नुपर्ने बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *