६०० एम्पुल लागु औषधसहित २० वर्षीय युवक पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। शनिबार साँझ अन्दाजी ७:४५ बजेको समयमा पोखरा महानगरपालिका -३० पावरहाउसबाट लागु औषधसहित नवलपरासी सुस्ता पश्चिम पाल्हीनन्दन गाउँपालिका सनही घर बताउने २० वर्षीय दिपेश लोहारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार पावरहाउस स्थित सडकमा सवारी चेकिङको लागि खटिएको प्रहरीको टोलीले नारायणगढबाट पोखरातर्फ आउंदै गरेको माइक्रो हाईसबाट लागु औषधसहित ती युवालाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट नुर्फिन २०० एम्पुल, डाईजापाम २०० एम्पुल र फेनरागन २०० एम्पुल गरि जम्मा ६०० एम्पुल लागुऔषध वरामद गरेको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *