मगर विद्यार्थी संघको संगठन विस्तार अभियान सुरु, विद्यामन्दिर माविमा समिति गठन

आदर्श अनलाइन, बागलुङ
नेपाल मगर विद्यार्थी संघ बागलुङले संगठन विस्तार अभियान सुरु गरेको छ । संघको आसन्न ११ अधिवेशनलाई लक्षित गरि संगठन विस्तार अभियानलाई सुरु गरेको हो । संघको आगामी भदौँ २४ गते ११ अधिवेशन गर्ने मिति तय भएको छ । सोही अनुसार माध्यमिक तह रहेका विद्यालयमा र पालिकामा संगठन विस्तार गर्न थालेको हो ।

आइतबार विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङ संगठन विस्तार गरेको छ । सोनिया थापा छन्त्यालको अध्यक्षतामा विद्यामन्दिर माध्यमिक विद्यालयमा समिति गठन गरेको छ । थापाको अध्यक्षता १५ सदस्यी कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा सरु थापा मगर, सचिवमा विन्दु थापा मगर, सह–सचिवमा सरस्वती थापा मगर र कोषाध्यक्षमा दानबहादुर थापा मगर चयन भएका छन् भने अन्य सदस्य रहेका छन् । जिल्ला कार्य समितिले अब १० वटै पालिकामा समेत संगठन विस्तार गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *