राष्ट्रपतिको विवेकहीन निर्णय : काँग्रेस

आदर्श अनलाइन, काठमाडौँ
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता गरेर राष्ट्रपतिले विवेकहीन निर्णय गरेको सत्तारुढ दल नेपाली काँग्रेसले ठहर गरेको छ । काँग्रेस संसदीय दलकी प्रमुख सचेतक चित्रलेखा यादवले राष्ट्रपतिको कदमको आफ्नो पार्टीले प्रतिवाद गर्ने पनि बताइन् ।

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा यादवले भनिन्, ‘ नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले गलत गर्नुभयो । वर्षौँदेखि नागरिकता नपाएकाहरुलाई नागरिकता पाउने गरी सरकारले कानुन बनाएर पठाएको थियो । त्यो फिर्ता पठाउनु उहाँको विवेकहीन निर्णय हो ।’

उनले यस विषयमा कसरी अघि बढ्ने बारे सत्तारुढ गठबन्धनमा छलफल हुने जानकारी दिइन् । ‘यसबारे काँग्रेसमा पनि छलफल हुन्छ । छलफलपछि काँग्रेसले आधिकारिक धारणा बनाउँछ,’ उनले भनिन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *