बलेवाका सहकारीकर्मीलाई कोपोमिस तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङको बलेवा क्षेत्रका सहकारीकर्मीहरुका लागि एक दिने सहकारी तथा गरिवी व्यवस्थापन सम्बन्धी सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटामा सञ्चालन सम्पन्न गरिएको छ ।

बलेवा सामुदायिक बहुउेश्यीय सहकारी संस्था लिमिटेड र कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजना तथा जिल्ला सहकारी संघ बागलुङको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले गर्नु भयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि जिसीले सहकारीहरुको यथार्थ तथ्यांक पत्ता लगाउन तथा सहकारी ऐन नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि कोपोमिसमा आवद्धता आवश्यक रहेको बताउनुभयो ।

सहकारी विभागले सबै सहकारीहरुलाई कोपोमिसमा आवद्ध हुन गरेको निर्देशन गरेको छ, सबै सहकारीहरुको ययार्थ अवस्था पत्ता लगाउन पनि यसमा सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याहरुको समाधानका लागि सहकारीहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको जिसीको भनाइ थियो ।

कार्यक्रममा बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका अध्यक्ष चुडामणी शर्माले सहकारीहरुलाई व्यवस्थित गराउदै गरिवी निवारणमा सहकारीको योगदान बढाउन सञ्चालन प्रक्रियालाई पारदर्शी र उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।

तालिममा सहकारी ऐन नियमावलीको प्रभावकारी कार्यान्वयन विषयमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक जिसी तथा कोपिमिस प्रविष्टि सम्बन्धमा जिल्ला सहकारी संघ बागलुङका प्रवन्धक सिर्जना शर्मा र बलेवा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक आकाश खड्काले सहजीकरण गर्नु भएको छ ।

कार्यक्रम बलेवा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमानाथ शर्माको अध्यक्षता, साना किसान सहकारी संस्थाका प्रवन्धक चन्द्र प्रसाद शर्माको स्वागत र कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक राधिका कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा बलेवा क्षेत्रका ८ वटा सहकारी संस्थाका २० जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *