कालीगण्डकी दोहन रोक्न चार जिल्ला एक ठाउँ

डम्मर बुढा मगर, बागलुङ
कालीगण्डकी दोहनका विषयमा धौलागिरीका जिल्ला समन्यव समितिका प्रमुख र उपप्रमुख चासो देखाएका छन् । आइतबार बागलुङ आयोजित कार्यक्रममा समन्वय प्रमुख र उपप्रमुखले प्राकृतिक स्रोत र साधानमाथि व्यक्ति हावी भएको भन्दै त्यसबाट राज्यले करोडौँ राजस्व गुमाउनु परेको बताएका छन् । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी वर्षौँदेखि दोहन हुँदै आएको भन्दै यसलाई रोक्न चुनौति भइरहेको उनीहरुको भनाई छ ।

क्रसर उद्योगीहरु सांसद, प्रहरी र प्रशासनभन्दा शक्तिशाली हुँदा दोहन रोक्न चुनौति भएको उनीहरुले बताए । सबै तिर क्रसर उद्योगीहरुको मिलोमतो हुँदा दोहन रोक्न नकिएको भन्दै दोहन रोक्ने प्रहरी र कर्मचारी समेत उत्तिखेरै सरुवा गरि दिने गरेको समेत उनीहरुको भनाई छ ।

चार जिल्ला मध्ये सबैभन्दा बढी पर्वत क्षेत्रमा दोहन हुने गरेको छ । पर्वतका समन्वय प्रमुख विष्णुराम विकले दोहन धेरै कसरत गरे पनि नसकिएको बताउनुभयो । उहाँले अरु जिल्लामा भन्दा पर्वतमा धेरैनै दोहन हुने गरेको भन्दै यसलाई रोक्न अन्य जिल्लाहरुसँग गुराह मागेको बताउनुभयो ।

‘दोहन रोक्न धेरै कसरत गरियो, अरु जिल्लाभन्दा पर्वतमा धेरै ठाउँबाट दोहन भएको छ, हामीलाई धेरै हम्मेहम्मे भयो, तपाईहरुसँग पर्वतले गुहारै मागेको हो, तपाईहरुको सीमित ठाउँ छ, हाम्रो धेरै ठाउँ छ, धेरै ठाउँ हुँदा काम गर्न पनि अठ्यारो प¥यो, हाम्ले एक्लै कन्ट्रोल गर्न नसक्ने परिस्थिति देखियो,’ प्रमुख विकले भन्नुभयो ‘सबै निकायसँग समन्वय गरेर व्यवसायीहरुलाईसमेत गराउने काम गरियो, तर पनि सकिएन, अहिले केही कम भएको छ ।’

बेलाबेलामा अनुमगन गर्दा दोहनकै क्रममा फेला परेको मेशिनहरु नियन्त्रणमा लिएको भन्दै दोहन रोक्न लागेका प्रहरी प्रमुख र कर्मचारीलाई दुई दिनमै सरुवा गर्ने गरेको विकले बताउनुभयो । धौलागिरीका चार वटै जिल्लाले दोहन रोक्न एकै किसिमले लाग्नु पर्ने समेत उहाँको भनाई छ ।

‘समय–समयमा अनुगमन गर्दा दोहनमा प्रयोग भएका मेसिन र ट्रकहरु समाएर शिल समेत गरियो, दोहन रोक्न खोज्ने प्रहरी प्रमुख र कर्मचारीलाई दुई दिनमै सरुवा गरे, हामीलाई उनीहरु सरुवा भएको थाहा समेत भएन,’ उहाँले भन्नुभयो ‘यस्तो अवस्था छ, राज्य शक्तिनै उनीहरुको पक्षमा छ, हामीले कसरी रोक्न सकिन्छ ?’

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले बागलुङमा पनि मापदण्ड विपरित क्रसरहरु संचालनमा रहेको भन्दै यसको रोक्ने प्रयास आफूहरुले गरेको बताउनुभयो । थापाले अब चारै जिल्ला एकताबद्ध भएर लाग्नु पर्ने भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई समेत यो विषयमा झकझकाउने बताउनुभयो ।

‘बागलुङमा पनि दोहन भएको छ, हामीले धेरै पटक रोक्ने प्रयास ग¥यौँ, अहिले पनि दोहन भइरहेको छ, अलि बढी पर्वतमै भएको छ, यसलाई रोक्न चारै जिल्ला एकताबद्ध हौँ,’ प्रमुख थापाले भन्नुभयो ‘अब यस विषमा प्रदेश प्रमुख र मुख्यमन्त्रीसँग पनि छलफल गरौँ ।’

जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख डिलकुमारी खत्रीले म्याग्दी क्षेत्रमा कालीगण्डकी दोहन कम हुने गरेको बताउनुभयो । उहाँले बेनी बजार क्षेत्र नजिक केही ठाउँमा दोहन हुँदा बजारनै जोखिममा परे पनि अन्य क्षेत्रमा त्यत्ति समस्या नभएको बताउनुभयो । त्यसलाई रोक्ने प्रयास आफूरुहरुले गरेको बताउनुभयो ।

मुस्ताङ जिल्लाकी समन्वय प्रमुख श्रीमती माया गुरुङले मुस्ताङमा दोहन हुने गरेको भए पनि धेरै समस्या नभएको बताउनुभयो । उहाँले यहाँ कालीगण्डकी नदीले बगाएर ल्याएको नदिजन्य वस्तुले खेतियोग्य जमिन र बस्तीहरु जोखिममा पर्ने गरेको बताउनुभयो । गुरुङले नदिजन्य पदार्थको मापदण्ड अनुसार निकासी गर्न सके बस्ती संरक्षण हुने र राजश्व समेत बढी संकलन गर्न सकिने बताउनुभयो ।

अहिले मुस्ताङ जिल्लामा मात्रै निकाल्ने गरेको र बाहिरी जिल्लामा निकासी गर्ने कानुन नभएको भन्दै नदीको सतह बढेर बस्तीनै परिने अवस्थामा पुगेको बताउनुहुन्छ । ‘यहाँबाट नदिजन्य बस्तु निकालेर बाहिरी जिल्लामा निकासी गर्न पाए पाइदा हुन्थ्यो, यहाँ त नदिले ल्याएको गिट्टी, बालुवा र ढुङ्गाले खेतियोग्य जमिन पुरिएको छ, यसको सतह बढेरमाथि आएको छ,’ उहाँले भन्नुभयो ‘अहिले जिल्ला बाहिर निकासी गर्ने व्यवस्था छैन, बाहिर निकासी गर्न सके बस्तीको पनि संरक्षण हुने, आम्दानीको गज्जबको स्रोत पनि बन्ने थियो ।’

जिल्ला समन्वय समिति पर्वतका उप प्रमुख सोमबहादुर जिसीले राजनीतिक पहुँच भएका व्यक्तिहरुले क्रसर संचालन गरेको भन्दै उनीहरुले कर्मचारी र प्रहरी प्रशासनलाई समेत धाक धम्की दिएर सरुवा गर्ने गरेको बताउनुभयो । गृहमन्त्रालयदेखि परिचालन भएका व्यक्तिहरु यस संलग्न भएको हुँदा दोहन रोक्न आफूहरुलाई निकै गाह्रो भएको बताउनुभयो ।

‘पहुँचवालाहरुले क्रसर संचालन गरेका छन्, दोहन रोक्न प्रहरी प्रमुख, प्रशासनका कर्मचारीहरुलाई छिनभरमै सरुवा गरिदिन्छ, प्रभावमा पार्छन्,’ उपप्रमुख जिसीले भन्नुभयो ‘यसलाई कसरी हुन्छ, हामी सबै जिल्लाका नेतृत्वहरु एकताबद्ध भएर गइयो भने रोक्न सकिन्छ नत्र भने सकिदैन, व्यक्ति रातारात करोडपति बन्छ, नागरिक र राज्यलाई घाटैघाट हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *